
फाईल फोटो :
रुकुमपूर्व, – रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित रुलिखोलामा मोटरसाइकल दुर्घटनामा परेर एक युवक घाइते भएका छन्।
शनिबार बिहान करिब ९ बजे तिर कर्णाली प्रदेश ०२–००२ प ९६४८ नम्बरको मोटरसाइकल चढेर सवार अम्लाचौर घर भई हाल छिप्रिदह बजारमा बस्दै आएका २० वर्षीय हिरालाल जैशी दुर्घटनामा परेका हुन्। मोटरसाइकल चिप्लिएर लडेपछि उनी घाइते भएका जनाइएको छ।
जैशीको शरिरमा गम्भीर बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको आशंका गरिएको छ। हाल उनलाई सिस्नेकै प्रकाश मेडिकलमा उपचार भइरहेको छ। स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप विवरण संकलनको प्रक्रिया जारी रहेको छ।
प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार














प्रतिक्रिया दिनुहोस्