२०८३ साउन १५ गते शुक्रवार

जन्म दिनको अवसरमा पत्रकार घर्तीद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै पत्रकार बिशाल घर्ती मगरले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्जमा कार्यरत तथा रूकुम पूर्वको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुम पूर्वका स्ववियु सचिव पत्रकार घर्तीले आफ्नो जन्मदिनको अवसरपारि गरिब तथा विपन्न विद्यार्थीहरुलाई कापी र कलम उपलब्ध गराउनुभएको हो ।

सिस्ने गाउँपालिका–५ मा रहेको कोट माध्यमिक विद्यालय रुमालबाराका तीन जना गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सहयोग पाउने विद्यार्थीहरूमा बाँफिकोट गाउँपालिका–१ का कक्षा ७ मा अध्यनरत कृष्णबहादुर मल्ल, सिस्ने गाउँपालिका–६ खोपिचारकी कक्षा १ मा अध्यनरत प्रतीक्षा बुढा मगर र सिस्ने गाउँपालिका–५ रुमालबाराकी कक्षा ८ मा अध्यनरत रानी बुढा मगर रहनुभएको छ ।

विद्यालयका प्रधानाध्यापक सरदचन्द्र समाल र सहायक प्रधानाध्यापक कुलप्रसाद नेपालीले यसरी जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई सहयोग गरि एक उदाहरणीय काम गरेकोमा विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ । 

उक्त शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरदचन्द्र समाल, सहायक प्रधानाध्यापक कुलप्रसाद नेपाली, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बसन्त बाँठा मगर लगायत विद्यालयका शिक्षक शिक्षिका तथा जिल्ला स्थित पत्रकारहरूको उपस्थिति रहेको थियो । 

पत्रकार घर्ती आमा कलि घर्ती मगर र बुवा आईते घर्ती मगरका कान्छा छोरा हुनुहुन्छ। उहाँ रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१४ साँक्चा निवासी हुनुहुन्छ ।।

प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार