२०८३ साउन १४ गते बिहिवार

   वर्तमान राजनैतिक संकट र यसको निकाश बारे : माननीय पूर्ण घर्ती



दुई – दुई पटक संसद विघटनको पश्चगामी कदमलाई अनुमोदन गराउने देखि पार्टीको स्वार्थमा राष्ट्रपती कार्यालयलाई प्रयोग गर्ने र भोली पार्टीको सक्रिय राजनीतिमा आउन प्रधानमन्त्री हुन कुनै कानुन र संविधानले विद्या भण्डारीलाई छेक्न सक्दैन भन्ने अभिव्यक्ति दिने के.पि. ओली राष्ट्रपतीको कार्यकाल सकिए पछि आफ्नो सत्तागुम्ने डरले उनै विद्या भण्डारीको अपमान गर्ने , तल्लो कार्यकर्ताहरुलाई भेट न गर्न निर्देशन गर्ने।भष्ट्रचारको नामै सुन्न न चाहने मुखै हेर्न नचाहने अभिव्यक्ती दिने तर भाटभटेनीको मालिक मिनबहादुर गुरुङले दान दिएको जाग्गा लिने विषयमा आलोचना गर्ने पार्टी नेताहरुलाई कार्वाहीको डण्डा चलाउने।नियमन गर्ने नाउँमा आफ्नो विरुद्ध समाचार सम्प्रेषण हुने सामाजिक संजाल नै बन्द गर्ने जस्ता अलोकतान्त्रिक र असंबैधानिक एवं केपी ओलीको धुन्दुकारी प्रवृतिको निर्णय ले आज हेर्दा हेर्दै देश संकटको भूमरीमा परेको छ।ओली सरकारको पश्चगामी निर्णयको सत्ता साझेदार दलले निर्णय फिर्ता लिन सुझाव दियो , प्रतिपक्ष दलहरु , संचारकर्मी , नागरिक समाज , उद्योग व्यावशायी र Gen-z पुस्ता लगायत स्वदेश तथा विदेश सर्वत्र विरोध भयो।तर ओली घमण्डी भ्यागुतो जस्तो घांटी फुलाएरै बसे।उनी कसैको कुरा सुनेन। भाद्र २३ गते Generation Z (Gen-Z) ले विरोध प्रदर्शनको आयोजना गर्यो।जसले सरकारको २६ वटा सामाजिक सञ्जाल (जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स, व्हाट्सएप आदि) माथिको प्रतिबन्ध हटाउनु र भ्रष्टाचारको अन्त्य गर्नु।मुख्य माग राखेको थियो।माईतीघर मण्डलाबाट शुरू भएको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि संसद भवन नयां वनेश्वर आई पुग्दा अलि उत्तेजक वन्न पुग्यो, प्रहरीले गोली चलायो र १९ जना युवाहरुको ज्यान गयो।दोस्रो दिनदेखि आन्दोलनले हिंसात्मक मोड लियो।जसमा तोडफोड, आगजनी, लुटपाट र कुटपिटका घटनाहरूले देश आक्रान्त बन्यो।यसमा GN-Z  समूहभित्र नै नेतृत्वको अन्योल देखा पर्यो। अनियन्त्रित भिंडमा विभिन्न स्वार्थ समुहका घुसपैठ भएको अडकल धेरैले गरे।अगिल्लो दिन ताकी ताकी गोली हान्न आदेश दिने सरकार  दोश्रो दिन गृह मन्त्रीको राजीनामा संगै सेना तथा प्रहरी मुकदर्शक बने।परिणामस्वरूप, ऐतिहासिक तथा सरकारी संरचनाहरू क्षतिग्रस्त भयो।प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री एवंमन्त्री लगाएतका व्यक्तिहरुका सरकारी र नीजी निवासहरु जलाईएका छन्।सरकारी र नीजी सामानहरु लुटिएकाछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।राजधानी लगाएत देशका विभिन्न भागहरुमा सेना द्वारा कर्फ्यु लागेको छ र  सेना द्वारा बार्ताको पहल भईरहेको खबर प्रशारित भइरहेका छ।पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पती माथि घरमै  कव्जा गरेर दुख्यवहार गरेको र देउवा हम्पतीको घरमा भेटीएको र जलेको भनेका नोटका बण्डलहरु र गहनाहरुका भिडियोहरु सामाजिक संजालहरुमा भाइरल भएका छन्।

प्र.म ओली लगाएत दलका शिर्ष नेताहरु कहाँ छन् र कसरी बसेका छन् ? उनीहरुको सुरक्षा कसरी भएको छ ? 

सबैको चिन्न्ता र चासोको विषय बनेकाछन्।आज विहान मात्र स्वास्थ्य मन्त्रालयको विज्ञाप्ति अनुसार मर्ने प्रदर्शनकारीहरुको संख्या ३० पुगेको छ भने ३ जना प्रहरीको मृत्यू भएको छ।नेपाली सेना द्वारा वार्ताका लागि गरिएको प्रयासमा रास्वपा र दुर्गा प्रसाई स्टेक होल्डर हुन्।उनीहरुका प्रतिनिधिलाई पनि ल्याउनु भन्ने अभिव्यक्ति र प्रधान सेनापति संग दुर्गा प्रसाईको भेटघाटको तस्वीर सार्वजनिक र जेनजी आन्दोलनको सहि नेतृत्व को ? भन्ने मै विवाद ,  प्रधान मन्त्रीका लागि प्रस्तावित सुशीला कार्कीको ‘ टुङना मिडिया‘  संग दिईएको अन्तरवार्ता , आजै प्रकाशीत भारतीय लेखक एवं विश्लेषक आनन्दस्वरूप वर्माको धारणा र पत्रकार किशोर नेपालको ट्वीटमा प्रस्तुत ब्यहोरा एवं यहाँसम्म विकशित घटनाहरुले राष्ट्र र राष्ट्रियता प्रतिचिन्तित जो कोहीलाई पनि गम्भिरतापूर्वक सोंच्न वाध्य बनाएको छ।

यस सम्बन्धमा मेरा केहीं बुझाईहरु निम्नानुसार साझा गर्न चाहन्छु।

१ सुरुमा GN -Z पुस्ताका स्वाभाविक र स्वतस्फुर्त विरोध प्रदर्शन हो।भन्ने भ्रम धेरैलाई भएता पनि २४ गते साँझसम्म आउँदाका घटनाक्रमहरु, भारतीय संचार माध्यमहरुमा प्रशारित समाचारहरु , Gen – Z आन्दोलनको नेता घोषणा गरिएका सुदन गुरुङ्ले स्थापना गरेको “Hami Nepal ” NGO को डाटाहरको रातो घेरामा ” student for free Tibet ( SFT ) जस्ले तिब्वतलाई चीनबाट अलग गराउने अभियान।” अमेरीकी दुदावास द्वारा सेचालित संस्था usyc र डाक्टर सन्दुक रोईत र विभिन्न सेलीब्रेटी एवं संस्थाहरुको डोनेशन द्वारा संचालीत संस्था ” हामी नेपाल ” आदी संस्थाहरु संग सम्बद्ध व्यक्तिहरुको उपास्थिति हुनुले  GN – Z आन्दोलन स्वत स्फूर्त न भै शक्ती केन्द्रहरुको योजनाबद्ध उपस्थिति  थियो।भन्ने कुरामा कुनै शंका छैन।दोश्रो दिन संसद भवन , राष्ट्रपती निवास , सिंहदरवार , सर्वोच्च अदालत , अख्तियार , राजनैतिक दलका कार्यालय , सार्वजनिक संरचना होटेल, वैंक, व्यावशायीक भवन र नीजी आवास मा जसरी आगजनी र लुटपात गरियो यो जेन्जीबाट भएको होईन र उनीहरुको घोषित उद्देश्य पनि होईन।मुलतः GN-Z कुनै संगठन न भएर आन्दोलन हो।जहाँ कुनै न कुनै राजनैतिक पार्टी संग सम्बद्ध व्यक्तिहरुका छोरा छोरीहरुका साझा विचार र भावना द्वारा सामुहिक धरणाको विकाश भएको छ।ओली सरकारको संविधान विरीधी निर्णयले आन्दोलनको रूप लिन्छ।आन्दोलनको उद्देश्य र नारा सहि हुँदा हुंदै पनि अराजक घुसपैठका कारण आन्दोलन भड्कीन पुग्छ।

२ २०८१ जेठ ८ गते ( May 21 – 2 o 2 4 ) युक्रेनको जहाज लेवनान बाट काठमाण्डौ अवतरण भयो जस्मा केहि शान्ती सेनामा गएका नेपाल आर्मीका जवानहरु ओर्लिय र अन्य सिविल ड्रेसमा रहेका १८ -२० जना अमेरीकी सेना लिएर जहाज भैरहवा विमानस्थलमा अवतरण भयो। त्यहांबाट बुद्ध एयरको जहाज चार्टर गरेर उनीहरु पोखरा विमानस्थमा झरे पछि सबैजना VIP कक्षमा प्रवेश गर्छन्।काठमाण्डौबाट गएको ट्रावल एजेन्सीको ४ वटा गाडीमा पोखरा बाट मुस्ताङ यात्रामा हिड्छन।अनि जेठ ९ गते काली गाडकी करिडोर हुँदै पाल्पाबाट भैरहवा पुगेर पवन इन्टरनेशनल होटेलमा बस्छन।जेठ २६ गते भैरहवाबाट काठमाण्डौ आएर युक्रेन कै जहाजबाट स्वदेश फर्कन्छन।असार १९ गते ( July 2 – 2O24 )कतार एयरको जहाज न्यूयोर्कबाट काठमाण्डौ ल्यान्ड हुन्छ।जस्मा ६ वटा बक्श मध्य एउटा बक्समा ” डिप्लोमेटिक पार्शल लेटर ” भनेर लेखिएको हुन्छ।अन्य ५ वटा बक्समा” एम्बिसी अफ मिलेट्री एटेची ” लेखिएको वक्सहरु अमेरिकन एम्बेसीमा पुग्छन्।

 माथि उल्लेखित घटनाहरुको श्रृखलामा २०८२ भाद्र २३ र २४ मा जुन अवस्था सृजना भयो यो पहिलो न भएर तेस्रो परिक्षण हो।पहिलो परीक्षण राप्रपाको माध्यमबाट २०८१ चैत्र १५  मार्च 28 – 20 2 4  कोटेश्वर ३ कुने थियो।जुन योजना भृकुटी मण्डपमा आयोजित समाजवादी मोर्चाको बृहत प्रदर्शनले असफल भयो।दोश्रो परिक्षण राप्रपा अन्तरगत नै दुर्गा प्रसाईको माध्यमबाट गरिएको कोशिस पनि सफल हुन सकेन।तर तेस्रो पटक ओली सरकारको सामाजिक संजालमाथि लगाईएको प्रतिवन्ध र GN – Z पुस्ताको आक्रोश एवं प्रदर्शन शक्ति केन्द्रहरुको अभिष्ट पुरा गर्ने सबै भन्दा भरपर्दो माध्यम बन्न गयो।घुसपैठद्वारा आन्दोलन भड्काएर तीडफोड , आगजनी र लुटपाट गर्न सफल भए पनि आन्दोलनको आधिकारीक नेतृत्व प्रस्तुत गर्न र प्रधानमन्त्री ओलीको राजीनामापछि नेपाल आर्मीद्वारा थालिएको वार्तामा कुन र कति जना आधिकारिक प्रतिनिधि अबको राष्ट्रिय समस्याको समाधानको बाटो के भन्ने विषयमा विविधता र  अन्योलता देखा परेको छ।

भिजीट भिषा प्रकरणमा गृहमन्त्री माथि नैतिक प्रश्न उठेकोले व्यापक बिरोध नैतिकताको आधारमा  मन्त्रीको राजीनामा र छानविन समिति सम्बन्धि २ वुंदे सहमति र रास्वपा र राप्रपा को निस्तर सदन बहिस्कार हुँदा पनि राजीनामा न दिने गृहमन्त्री लेखक २३ गते गोली हान्ने  आदेश कसरी दिन पुगे ?  १९ जना को ज्यान जांदा किन तेसै गृहमन्त्रीले राजीनामा दिएनन ? यस विषयमा गृहमन्त्रीले  कुनै दिन भन्लान की न भन्लान त्यो कुरा भविष्यलाई जिम्मा दिउ तर उनको राजीनामा पछिको अवस्थाले देशलाई हल्लायो प्रमलाई राजीनामा दिन वाध्य बनायो।

४ – २३ गते मात्र हातमा पेलेकार्ड बोकेका युवाहरुलाई ताकी – ताकी गोली हान्न आदेश दिने गृहप्रशासन र गोली हान्ने प्रहरी २४ गते भएको लुटपाट , आगजनी र तोडफोड हुँदा किन निरिह र मुकदर्शक वन्न पुग्यो ? सिंहदरवार प्र.म. निवास बालुवाटार मन्त्री निवास भैसेपाटीको शुरक्षामा तैनाथ सेना र प्रहरी किन त्यसको शुरक्षामा तयार भएन ?  २३ गते साझ विल्कुल न झुक्ने अडान लिएका प्रम ओली २४ गते किन लुशुक्क राजिनामा दिनु पर्यो ? प्रमका लागि बालुवाटार नै किन असुरक्षीत वन्न पुग्यो ?  पहिलो दिन प्रहरीको अत्यधिक बलप्रयोग (गोली) १९ जनाको मृत्यु।दोस्रो दिन प्रहरी–सेना मुकदर्शक ऐतिहासिक सम्पदा र निजी/सार्वजनिक संरचना खरानी।अनावश्यक बल प्रयोग गरेर जनता उग्रबनाउने।निर्णायक क्षणमा राज्य संरचनाको रक्षा गर्न असफल हुने।यस्ता विल्कुल अस्वाभाविक देखिने यि घटनाका जवाफ नेपाली जनताले यूगौसम्म खोजी गर्ने छन्।

१. जेन्जी पुस्ताको वास्तविक माग: –

मूल मागहरू ठूला राजनीतिक क्रान्तिकारी एजेन्डा थिएनन्

– रोजगारी, राम्रो शिक्षा,भ्रष्टचार को अन्त्य र  सुशासन।

– यो माग प्राकृतिक, व्यावहारिक र अधिकांश युवाको जीवन–यथार्थसँग प्रत्यक्ष जोडिएको छ।

– यसबाट देखिन्छ कि युवाहरू राजनीतिक दर्शन वा दलगत नाराभन्दा बढी व्यवहारिक जीवनका आवश्यकतामा केन्द्रित छन्।

 

२. आन्दोलनको उक्साहट र विस्तार: –

– जब प्राकृतिक असन्तोषलाई कुनै नेतृत्वहिन अवस्था भेटिन्छ।त्यतिबेला अन्य असन्तुष्ट वर्ग, सामाजिक अभियन्ता, मिडियाकर्मी वा राजनीतिक दलले त्यसलाई “नेरेटिभ” दिने सम्भावना बढी हुन्छ।

– यहाँ पनि त्यही भयो – युवाहरूको सोझा मागलाई, कसैले राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि, कसैले पुस्तान्तरणीय द्वन्द्व (पुरानो पुस्ता र नयाँ पुस्ता) को रूपमा व्याख्या गरेर अगाडि बढाए।

– त्यसैबेला सरकारको २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आन्दोलनलाई उक्साहटको इन्धन दियो।युवा पुस्ताको हताशा र आक्रोशमा त्यो “आगोमा घीउ” जस्तै साबित भयो।

 

   ३. आन्दोलनको चरित्र

– सडकमा गुन्जिएका नाराहरू र प्लेकार्डहरूले व्यवस्था, नीति वा संविधानभन्दा बढी व्यक्तिगत पुस्ता र परिवारप्रति असन्तुष्टि देखाए।

– यसले आन्दोलनलाई सामाजिक-भावनात्मक स्वरूप तिर मोड्यो, जहाँ राजनीतिक तर्कभन्दा बढी पुस्तागत रिस र अपमानको अनुभूति हाबी भयो।

 

यो खतरा के हो भने, आन्दोलन व्यवहारिक समाधानमूलक संवाद भन्दा टाढा जान्छ, अनि पपुलिस्ट वा भावनात्मक राजनैतिक प्रयोगको अखडा बन्छ।जब प्राकृतिक असन्तोषलाई कुनै नेतृत्वहीन अवस्था भेटिन्छ, त्यतिबेला अन्य असन्तुष्ट वर्ग, सामाजिक अभियन्ता, मिडियाकर्मी वा राजनीतिक दलले त्यसलाई “नेरेटिभ” दिने सम्भावना बढी हुन्छ।यहाँ पनि त्यही भयो – युवाहरूको सोझा मागलाई, कसैले राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि, कसैले पुस्तान्तरणीय द्वन्द्व (पुरानो पुस्ता vs नयाँ पुस्ता) को रूपमा व्याख्या गरेर अगाडि बढाए।GN – Zहरुको आन्दोलन सुरुमा र अहिले पनि  देशको भविष्य बोकेको पुस्ताको निराशा र आक्रोश को अभिव्यक्ति हो। त्यसैबेला सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आन्दोलनलाई उक्साहटको इन्धन दियो।युवा पुस्ताको हताशा र आक्रोशमा त्यो “आगोमा घीउ” जस्तै साबित भयो।सरकारले यसलाई बुझ्न असफल भयो, बरु गोलिले दबाउन खोज्यो यसैमा संविधान र लोकतन्त्र विरोधी शक्तीहरुले घुसपैठ गरे र देशलाई तहसनहस पारे।

 

           अबको बाटो : –

 

 

१. संवैधानिक विकल्पहरू

-अन्तरिम/कार्यवाहक सरकार

– संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति पहलमा सर्वसम्मत अन्तरिम सरकार बन्ने।

-संसद पुनर्गठन वा नयाँ सरकार गठन

– प्रतिनिधिसभामा बहुमत कायम गर्न सक्ने दल वा गठबन्धनलाई पुनः सरकार बनाउन आह्वान गर्ने।(तर,अहिले जनअसन्तोष बढेकोले यो विकल्प अल्पकालीन हुन सक्छ)

– तात्कालिक निर्वाचन घोषणा

– संवैधानिक अधिकार प्रयोग गरी नयाँ चुनावमा जान सकिने।तर सुरक्षा, आर्थिकी र स्थायित्वको संकट बीच निर्वाचन सम्भावना टाढा देखिन्छ)

– संविधान संशोधनमार्फत विशेष निकास

– अस्थायी प्रावधान थपेर नयाँ प्रकारको युवा–केन्द्रित वा आन्दोलन–अनुकूल शक्ति संरचना सिर्जना गर्ने।तर, संविधान संशोधनका लागि राजनीतिक सहमति अत्यावश्यक हुन्छ।

 

 २. राजनीतिक विकल्पहरू

 

–    आन्दोलनसँग प्रत्यक्ष सहकार्य

– GN–Z प्रतिनिधिहरूसँग संवाद गरी उनीहरूको एजेन्डा आत्मसात गर्ने “संक्रमणकालिन  सरकार” बन्ने।

– राष्ट्रिय सहमति सरकार

– सबै दल + नागरिक आन्दोलनका प्रतिनिधि + प्राविधिक नेतृत्व मिलाएर “राष्ट्रिय सहमति सरकार” बनाउने।

– बाह्य शक्तिको मध्यस्थतामा

– भारत, चीन वा पश्चिमी मुलुकहरूको दबाब/मध्यस्थतामा राजनीतिक निकास खोजिने सम्भावना।

– अराजकता र असंवैधानिक निकास

– सेना वा सुरक्षा संयन्त्रको प्रत्यक्ष हस्तक्षेप, जुन संविधानसम्मत होइन तर इतिहासमा अस्वीकार गर्न नसकिने सम्भावना।

 

– कुन सम्भावना बढी?

 

– तात्कालिक निर्वाचन कम सम्भावित (सुरक्षा र आर्थिकी बाधा।

– दलहरूले मात्र बहुमत बनाएर सरकार पनि कमजोर सम्भावना (जनआन्दोलनले विश्वास गुमाइसकेको कारण।

– राष्ट्रिय सहमति/संक्रमण सरकार अहिले सबैभन्दा व्यवहारिक देखिन्छ – जसमा आन्दोलन प्रतिनिधि, दल, र प्राविधिक व्यक्तित्व सम्मिलित हुने।

– यदि सहमति टुट्यो भने, सुरक्षा संयन्त्रको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका बढ्ने खतरा उच्च छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार