रुकुम पश्चिम । चाडपर्व नजिकिँदै गर्दा सम्भावित समस्या समाधानका लागि सचेत युवा समाज नेपाल रुकुम पश्चिमले ९ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई बुझाइएको ज्ञापनपत्रमा चाडपर्वमा बढ्ने महंगी नियन्त्रण, कालोबजारी रोकथाम तथा उपभोक्तालाई सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने विषयलाई प्राथमिकतासहित उल्लेख गरिएको छ ।
सचिव सोमपाल कामीका अनुसार, वैज्ञानिक भाडादर कायम गर्ने, सडक मर्मत, अपराध नियन्त्रण, ऋणीलाई सहजीकरण, अवैध दोहन र भ्रष्टाचार नियन्त्रण, साथै फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने माग पनि पत्रमार्फत राखिएको छ ।
सचेत युवा समाज नेपाल रुकुम पश्चिमका सचिव कामीको नेतृत्वले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको थियो ।
प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार











प्रतिक्रिया दिनुहोस्