
जिल्लामा जनशक्ति तथा स्रोत–साधन पर्याप्त छ?
जिल्लामा उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीसँग आवश्यक जनशक्ति र स्रोत–साधन उपलब्ध रहेको तर पर्याप्त मात्रामा स्रोत साधन उपलब्ध छैन।आपतकालीन अवस्थाको सामना गर्न प्रहरीको विपद प्रतिकार्य उद्धार टोली, चौकीहरू तथा प्रहरीबिट सधैं तयारी अवस्थामा राखिएको छ।साथै, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, स्वास्थ्य संस्था र नागरिक समाजसँग सहकार्यगरी उद्धार तथा राहतकार्य प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।यद्यपि ठूला विपद् वा दुर्गम क्षेत्रमा तत्काल उद्धार आवश्यक परेमा, अतिरिक्त जनशक्ति र साधनका लागि प्रदेश प्रहरी कार्यालय तथा केन्द्रबाट सहयोग माग्ने व्यवस्था पनि गरिएको छ।समग्रमा, जिल्लामा रहेका जनशक्ति र उपलब्ध स्रोत–साधन पर्याप्त छन्, र आवश्यक परेमा अन्य निकायसँग सहकार्य गरेर तुरुन्त उद्धार तथा राहतकार्य सञ्चालन गर्न सकिने अवस्था रहेको छ।
आकस्मिक घटना बाढी, पहिरो, आदि हुँदा तुरुन्त कस्तो प्रतिक्रिया दिने व्यवस्था छ ?
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आकस्मिक घटना (जस्तै बाढी, पहिरो, आगलागी, दुर्घटना आदि) हुँदा तुरुन्त प्रतिक्रिया दिने एकिकृत विपद् मनसुनपूर्व तयारी तथा विपद् प्रतिकार्य योजना बनाईएको छ ।२४ सैं घण्टा सक्रिय प्रहरी कन्ट्रोल नम्बरमा आकस्मिक खबर प्राप्त हुने बित्तिकै तत्काल प्रतिक्रिया टिमलाई सूचित गरिने, जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना र मातहत ईकाइहरुमा जु.प्र.अ.को कमाण्डमा ७८ जना गरी जम्मा १ सय १३ जनाको विपद् प्रतिकार्य टोली आवश्यक असभावको सामान सहित स्टेण्डबाई रहेको छ।
- छिटो प्रतिक्रिया टिम १५ जानाको प्रहरीको टोली आवश्यक सामाग्री सहित तत्काल घटना स्थलतर्फ पठाउन सक्ने गरी तयारी हालतमा राखिएको,
- स्थानीय प्रहरी चौकीहरूसँग समन्वय घटनास्थल नजिकका चौकीहरूबाट तत्काल टोली परिचालन गर्ने गरी स्थानीय LEOC र DEOC लाई Link गरिएको तथा LEOC मा Focal Person तोकिएको,
- स्थानीय तह गाउँपालिका र सुरक्षा निकायबीच समन्वय आवश्यक उद्धार र राहत कार्यमा सहकार्य गरिने,
- सञ्चार माध्यम र सूचनाको द्रुत आदान–प्रदान सचांर सेट, फोन, र सोसियल मिडिया मार्फत जनतालाई जानकारी सहित सचेतना गराईने,
- उद्धारका उपकरण र सवारी साधन तयारी अवस्थामा रेस्क्यूका लागि प्रयोग हुने सामग्री, र गाडी तयार अवस्थामा राखिएको,
- जिल्ला प्रशासन तथा अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरी विपद उद्धार सामाग्रीहरु तयारी हालतमा राखिएको साथै घाईते विरामीलाई तत्काल उपचार गर्ने व्यवस्था मिलाईएको,
- प्राथमिक उपचार र अस्पताल समन्वय — घाइतेहरुको उद्धार तथा प्राथमिक उपचारको लागि डाक्टर सहितको टिम स्टेण्डवाई रहेको ,
- विपद क्षतिबाट भएका बाटाघाटाहरु तत्काल मर्मत गर्नको लागि सम्बन्धित पक्षहरुसँग समन्वय गरी जिसेवीलाई स्टेण्डबाई राख्ने व्यवस्था मिलाईएको,
- विपद सम्बन्धी हेल्प डेस्क गठन गरिएको।
- मध्य पहाडी लोकमार्ग तथा सहित मार्ग सडक अवरुद्ध भएमा सिस्ने गाउँपालिकाको खोपिचार, काजिन्दा,बसपार्क र भूमे गाउँपालिकाको खाबाङबगर र पातिहाल्ना, पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा सवारी साधन रोक्नको लागि सुरक्षति स्थान तथा खुल्ला स्थानको पहिचान गरिएको ,
- जनताको सहयोग र सचेतना प्रवर्द्धन स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न र सतर्क रहन अनुरोध गरिएको,
- अन्य उद्धार निकाय (जस्तै सशस्त्र प्रहरी, नेपाल सेना, रेडक्रस आदि) सँग सहकार्य ठूलो विपद् हुँदा संयुक्त उद्धार कार्य सञ्चालन गरिने।
विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन, सशस्त्र प्रहरी र समुदायबीच कस्तो समन्वय भइरहेको छ?
विपद् व्यवस्थापनमा सबै निकायबीच सहकार्य, सूचना आदान–प्रदान र एकीकृत कार्यशैली कायम गरी प्रभावकारी समन्वय भइरहेको छ।जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुसँग पनि समन्वय भईरहेको।विपद् सम्बन्धी जानकारी आदान–प्रदानका लागि प्रहरी, स्थानीय तह र प्रशासनबीच नियमित सूचना संप्रेषण प्रणाली सञ्चालनमा छ।सम्भावित विपद् (बाढी,पहिरो, डुबान, आगलागी आदि) को जोखिम क्षेत्र पहिचान गर्न स्थानीय तह र समुदायसँग समन्वय गरी प्रारम्भिक मूल्यांकन गरिएको छ।विपद् प्रभावित नागरिकको राहत वितरण र पुनःस्थापनामा प्रशासन र स्थानीय तहको नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरी समन्यात्मक सहयोगी भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ।











प्रतिक्रिया दिनुहोस्