सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाले पनि भूमेबाट सिकेर स्वास्थ्य सेवा जनताको घरआँगनसम्म पुर्याउने अभियानको थालनी गर्नु आजको आवश्यकता हो।
भूमे गाउँपालिकाले सुरु गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरले गाउँगाउँका नागरिकमा नयाँ आशा र उज्यालो भविष्य बोकेको छ।असोज २६ गतेदेखि कार्तिक १७ गतेसम्म सञ्चालन हुने यो शिविर केवल स्वास्थ्य सेवा वितरण मात्र होइन, गाउँपालिकाको जनमुखी दृष्टिकोण र दीर्घकालीन सोचको मूर्त रूप हो।गाउँपालिकाले स्वास्थ्य सेवा नागरिककै घरआँगनमा पुर्याएर ग्रामीण जनताको स्वास्थ्य पहुँच विस्तारतर्फ ऐतिहासिक कदम चालेको छ।गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले उद्घाटन कार्यक्रममा भनेका थिए। “आँखा रोगका कारण गाउँका नागरिकले अन्धकारमा बस्नुपर्ने अवस्था अब रहँदैन।” यो केवल उद्घोष होइन, व्यवहारमै देखिएको प्रतिबद्धता हो।
यो पनि हेर्नुहोस ?
https://anvesankhabar.com/?p=2867
स्वास्थ्य शाखा, जनप्रतिनिधि, स्थानीय संस्था तथा स्वयंसेवकहरूको सक्रियताले अभियानलाई जनमुखी र प्रभावकारी बनाएको छ।सामान्यतया ग्रामीण भेगका नागरिकले आँखा रोगलाई बेवास्ता गर्ने, परीक्षणका लागि टाढा सहर धाउन नसक्ने, खर्चिलो उपचारका कारण पछि हट्ने अवस्था रहँदै आएको छ।तर भूमे गाउँपालिकाले “स्वास्थ्य नागरिककहाँ” पुर्याउने नीति मार्फत यी चुनौतीहरू उल्ट्याएको छ।
मोतिविन्दु रोग पत्ता लागेका बिरामीको शल्यक्रिया समेत रोल्पामा निःशुल्क गरिने भएकाले यो अभियानले दर्जनौँ नागरिकलाई अन्धकारबाट उज्यालोतर्फ फर्काउने सम्भावना बोकेको छ।यस किसिमका स्वास्थ्य पहलहरूले उपचार मात्र होइन, जनचेतना, विश्वास र राज्यप्रतिको लगाव समेत बढाउँछन्। गाउँपालिकाको यो कदमले गाउँस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ।
अब प्रश्न उठ्छ ।के यसलाई निरन्तरता दिन सकिन्छ ? के यसलाई स्थायी स्वास्थ्य प्रणालीका रूपमा रूपान्तरण गर्न सकिन्छ ? यदि स्थानीय तहले योजना, स्रोत र जनसहभागिता मिलाएर यस्ता अभियानलाई निरन्तरता दिन सके, भूमे मात्र होइन, पूरा रुकुमपूर्व उज्यालो दृष्टिकोणतर्फ अगाडि बढ्नेछ।भूमेको उदाहरण अनुकरणीय छ।सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाले पनि भूमेबाट सिकेर स्वास्थ्य सेवा जनताको घरआँगनसम्म पुर्याउने अभियानको थालनी गर्नु आजको आवश्यकता हो। जनस्वास्थ्यमा स्थानीय सरकार सक्रिय भएपछि गाउँ उज्यालो हुन्छ, नागरिक सशक्त बन्छन् र राज्यप्रतिको भरोसा थप सुदृढ हुन्छ।















प्रतिक्रिया दिनुहोस्