ब्यवसायिक रुपमा बङगुर पालन सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ
भूमे गाउँपालिका ३ का ५४वर्षका तेजबहादुर पहिले खेतिपातिमा ब्यस्त हुन्थे । चार, चार महिनामै ब्याउने र ४० दिनमै पाठापाठी बेच्न सकिने भएकाले दुई बर्ष पहिले देखि नै ब्यवसायिक रुपमा बङगुर पालन सुरु गरेका छन ।

राम्रो आम्दानी हुने भएकाले बङगुर पाल्नमा आर्कषित छन। तेजबहादुर राेकालाई पाठापाठि स्याहार गर्नमै भ्याईनभ्याई छ।उनीसंग ४ माउ र २० वटा भन्दा वढी पाठापाठि छन्।
राेकाले २०७८ सालबाट बङ्गुर पालन व्यवसाय गर्दै आउनु भएका उँहाले बंगुरको पाठा एउटालाई ३ हजार सम्ममा बिक्रि गरेकाे र बजारमा मासुको माग बढेपछि उनकाे बिक्रि वितरणबाट पनि मासिक २० हजार आम्दानी हुने गरेकाे छ भने सरदरमा वार्षिक ५ लाख रुपैयाँ सम्मको आम्दानी हुने गरेको उनले बताए ।
सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ ।सानै देखिनै कृषि गर्दै अहिले याहा सम्म पुग्दा आफ्नै व्यवसायमा रमाएका छन ।दुख पछि सुखको दिन आउलान भनेर अहिले युवाहरु ऋण खोजेर विदेश जानेकाे लर्काे बढेकाे छ।
विदेशमा घामपानी, भोक, निन्द्रा नभनी काम गर्नु भन्दा त स्वदेशमै युवा पुस्ताहरुले सानै लगानीबाट व्यवसाय सुरु गरे गाउँमै मासिक २०देखि २५ हजार सम्म आम्दानी हुनु सक्ने राेकाकाे दावि छ। यसरी स्थानीय स्तरमा व्यवसाय गर्नेहरुलाई प्रोत्साहन स्वरुप स्थानीय सरकारले सहयोग गरिदिय हुन्थ्यो भन्ने तेजबहादुरलाई लागेको छ ।














प्रतिक्रिया दिनुहोस्