२०८३ साउन १७ गते आइतवार

भूमे गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ द्वारा तीज पर्वकाे शुभकामना



 

रुकुमपूर्वकाे भूमे गाउँपालिकाका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले  हिन्दू महिलाले  मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नु भएको छ ।

माैलक कला सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्न  र मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरणमा जाेड दिन शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिनुभएको छ ।

हरितालिका तीजको मौलिकता कायम राख्दै यसको सांस्कृतिक महत्व जगेर्ना गर्न  र खर्चिलोपनलाई हटाउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले  उल्लेख  गर्नुभएको छ ।

समाजमा विद्यमान लैङ्गिक, जातीय विभोद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गरी संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्नेगरी चाड पर्व मनाउन  अपेक्षा गर्नु भएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार