२०८३ जेष्ठ ७ गते बिहिवार

कालो बैशाख १२: बित्यो दशक, त्रास उस्तै



    

चन्द्र रसाईली रुकुमपूर्व ।

हरेक दशकमा इतिहासले पनि कोल्टो फेर्छ भनेझै, एक दशकमा रुकुम पूर्वमा त्यस्तै भयो । बैशाख १२ रुकुम पूर्वका  सर्वसाधारण र किसानको लागि उस्तै कालो दिन बन्यो जुन २०७२ साल बैशाख १२ गते महा भूकम्पले आम देशनै तरङ्गीत र  तहसनहस भएको थियो ।

आजिकालको समय  माना रोपेर मुरी भित्राउने समय रहेको छ , दिनभर कृषक आफ्नो खेतबारीमा माटो सङ्ग लडिवुदी गर्दै साँझ अबेर भएपछी मात्र अध्याँरो कोठामा चिसो चुलोसङ्ग मेतेरी गाँस्न जान्छन् । दिन भरीको थकान साँजको दुखारी छाकबाट मेटौला भन्ने आशा र अपेक्षा बोकेको बेला एक्कासी हावाहुरी र कालो मडारिएको बादल सङ्गै आकाशमा स्वर्ग गड्याङगुडुङ गर्छ । अनि सबै ट्रसित बन्छन अचानक थुला फोका सहित  आकाशबाट पानी बर्सिन्छ । सबै किसानहरु पानी परेकोमा खुशी हुन्छन तर त्यही पानी पछि असिना सँग मिटेरी गाँस्दै आउँछ ।

करिब साँझ ८ बजेको समय पछि कतै रुवाबासी त कटै बचाउनु पर्यो भन्ने धेरै फोन अनि म्यासेजहरु आउँछन । असिना पानीले सङ्गै खेतबारी र गोठालोबाट फर्किएका किसानहरुलाई टाउको टाउकोमा मर्ने गरी हिर्काउछ । सबै हतार हतार सुरक्षित स्थानतिर होमिन्छन् । अन्तिममा त्यही वासस्थानले सात नदिने अवस्था आउँछ, अनि सबै चिन्तित र निरास हुन्छन ।

रातिनै प्राय स्थानहरुमा सडक बन्द हुने घर टहराहरु भत्काउने सुरु हुन्छ अनि स्थानीय सरकार, प्रहरी प्रशासन सबै सङ्ग हार गुहार हुन्छ । त्यसै समयमा सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, स्थानीय कल्व, बुद्बिजिवी सबै उद्बार गर्नमा रात अनि असिना पानीलाई छिचोल्दै लागछन् ।

त्यसरीनै रात बित्छ अर्कोदिन एकाबिहानै सबै उद्बार तथा अबरुद्ध सडकहरु खोल्न तिर लाग्छन जहाँ सयौँ यात्रुहरु अलपत्र अवस्थामा रहेको हुन्छन । अनि जव गाउँपालिकाको र जिल्लाको जेसीवी सहित गाउँपालिकाकाका जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालय, जिल्लाका सबै सुरक्षा निकायको उपस्थिति देखेर ती यात्रुहरको अनुहारमा केही खुशी देखिन्छ । अनि मेसिनले सबै बाटोहरु खोल्नको लागि सुरु गर्छ । सबै त्यसरी नै लागिन्छ ।

करिव दिउँसोको १२ बजे तिर मध्यपहाडी सडक एकतर्फी खुल्छ र सबै यात्रुहरुले धन्यवाद दिँदै यात्रातर्फ लाग्छन् । रात दिनको अनिदो भोक सहितको चटारोले राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी कबै थकित अवस्थामा देखिन्छन ।

समय निकै दयनीय बन्यो कतै पशुहरु राखिएको स्थानमै मरेका छन् कटै गरिबका घर, टहराहरु बिछित्र भएका छन्, कटै  सरकारी कार्यालयका कागजात तथा पूर्वाधारहरु अस्तव्यस्त भएका छन् । व्यसायीहरुको सामानहरु त्यस्तै अलपत्र अवस्थामा रहेका छन् यो दृष्य साच्चिकै अत्यन्तै चिन्ताजनक र निरासाजनक भएको । यसले गर्दा पनि सबै नागरिकहरु झन निरासाको एक भण्डार भएको पाइएको छ। यो पिडादायी अवस्थामा सबै कसरी कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयलाई चासोका साथ स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैर सरकारी निकायले समनव्यका साथ अगाडी बढने निर्णय पनि गरेका छन् ।

जिल्लाको सबै भन्दा क्षति पुगेको भूमे गाउँपालिकाले मिति २०८३ साल बैशाख १३ गतेनै स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष तथा भूमे गाउँपालिकाका अध्यक्ष श्री होम प्रकाश श्रष्ठज्यूको अध्यक्षतामा बैठक वसी विभिन्न निर्णय पनि गरेको छ । जसमा मध्यपहाडी लोकमार्ग तथा स्थानीय ग्रामिण सडकहरु गाउँपालिकाले तत्काल खोली नागरिकलाई यातायातमा सहजता ल्याउने निर्णय गरेको छ ।

गाउँपालिकाको ९ वटै वडाहरुमा भएको सबै प्रकारका क्षतिहरु वडा अध्यक्षको संयोजकत्वमा सबै विवरण यथाशिघ्र गाउँपालिकामा पठाउने निर्णय गरेको छ । त्यसैगरी गाउँपालिका अन्तर्गत भएको सबै क्षतिको विवरण संकलन भए पश्चात संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र साझेदारी संघ/ संस्थाहरुसँग, रेडक्रस सोसाइटी लगायतका कार्यालयहरुमा पठाउने निर्णय समेत गरेको छ । साथै, जिल्ला स्थित सम्पूर्ण संघ/ संस्थाहरुसँगको संयुक्त बैठक बसी सहयोगको अपिल गर्ने सम्म भूमे गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।

यसरी यो विपत्तीलाई सबै मिलेर हाटेमालो गर्दै आ-आफ्नो तहबाट सहयोग गर्दिनको लागि पनि अनुरोध गर्दछु ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार