२०८३ कार्तिक १२ गते बुधवार

इ) दलित नमूना वस्ती चुनबाङ



कुनै समयमा दलितहरुलाई अछूट भनी अमानवीय व्यवहारि गर्ने सामाजिक संस्कारका विरुद्धमा अग्रणी स्थानमा देखिएको गाउँ हो चुनबाङको दलित नमूना वस्ती । साविक रुकुम जिल्लाको पहिलो छुवाछूटमुक्त गाविसको रुपमा घोषित चुनबाङको दलित वस्ती नमूनाको रुपमा विकास भएसँगै अहिले दलित समुदायको रहनसहन, संस्कृति र सफा टोलको जानकारी राख्न गन्तव्यको रुपमा विकास हुन थालेको छ । वस्ती विकास, जिविकोपार्जनमा थप सुधार गर्दै पर्यटकीय पर्व्द्धन गर्ने दिशामा दलित नमूना वस्ती अग्रसर छ ।

पर्यटकीय गन्तव्यको नामःदलित नमूना वस्ती चुनबाङ
स्थानःरुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ९ दलित वस्ती
विशेषताजिल्लाको पहिलो छुवाछूटमुक्त गाविस चुनबाङको नमूना दलित वस्ती
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाःसडक सुविधा भएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यभेरिडाँडा जनयुद्ध संग्रहालय, कमल दह, युद्ध फिचर महत, थबाङ, लाबाङ जान सकिने
पर्यटकले समय व्यतित गर्न सक्ने आधारदलित नमूना वस्तीको बारेमा परम्परागत जीवनशैली र दलित समुदाय तथा संस्कृति प्रथाको अध्ययन, अवलोकन
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफलप्रदेश सरकारबाट आ.व. २०७५।०७६ देखि ०७६।०७७ सम्म रु. २ करोड ३० लाख खर्च गरी पदमार्ग निर्माण
विकास गर्न सकिने सम्भावनावस्ती व्यवस्थापन, जीविकोपार्जन सुधार, पर्यटन प्रवर्द्धन  

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार