२०८३ साउन १४ गते बिहिवार

भूमे गाउँपालिकाले बाक्लो हिउँ जमेकाे पाथिहाल्ने सडक खाेल्याे



भूमे गाउँपालिकाको सक्रिय पहलमा पाथिहाल्ने आसपासको हिमपातले अवरुद्ध बनेको सडक खुलाएकाे छ। बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको यो सडक गाउँपालिकाकाे जेसिविले खुलाएकाे हाे।

तर देशकाे चर्तित मिडिया र स्थानीय मिडियाले भने सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाए भने पनि भूमे गाउँपालिकाकाे पहलमा ३ फिट भन्दा बढि हिउँ जमेकाे सडक सुचारु गरेकाे गाउँपालिकाले जनाएको छ।

भूमे गाउँपालिकाले अवरुद्ध सडक खुलाए लगत्तै यात्रु र आन्तरिक पर्यटकलाई   सहज भएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार