२०८३ कार्तिक ११ गते मङ्गलवार

पुथामा नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण सम्पन्न



बिमल बिक

रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकामा नसर्ने रोगको पहिचान तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम पुथा उत्तरगंगा गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा सोमबार सम्पन्न भएको हो।

कार्यक्रममा नसर्ने रोगहरू, तिनको रोकथाम, प्रारम्भिक पहिचान, र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा जानकारी प्रदान गरिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पुस्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभएको।नसर्ने राेगकाे नियन्त्रण सम्बन्धि जिल्ला अस्पताल रुकुमपूर्वका मेडिकल अधिकृत जितेन्द्रराज काेइरालाले अभिमुखीकरणकाे प्रस्तुत गर्नुभयो थियाे।

स्वास्थ्य कार्यालय रुकुमपूर्वद्वारा आयोजित एकदिने अभिमुखिकरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन प्रमुख अतिथि रहनु भएको थियो।यस्तै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती, उपाध्यक्ष नरपुरा बुढा पुन, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत धुर्व बिक तथा स्थानीय शिक्षक, विद्यार्थी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार