२०८३ कार्तिक १२ गते बुधवार

पुथा उत्तरगङ्गामा संयुक्त अनुगमन: जीवनस्तर सुधारका प्रयासहरू प्रभावकारी



रुकुमपूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा पालिका स्तरीय अनुगमन समिति द्वारा विभिन्न क्रियाकलापहरूको संयुक्त अनुगमन सम्पन्न भएको छ। UMN रुकुम कलस्टर र मिक नेपाल को साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजना अन्तर्गतका गतिविधिहरूको अनुगमन गरिएको हो।

गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक नरपुरा बुढा पुन को नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा UMN रुकुम पूर्व कलस्टर परियोजना व्यवस्थापक सुरज स्वनार, मिक नेपाल अध्यक्ष ललिता बुढा मगर, पालिका निमित्त प्रमुख समीर गिरी, शिक्षा शाखा प्रमुख राम प्रसाद खड्का, पशु शाखाका प्रमुख भिम प्रकाश केसी, भौतिक पूर्वाधार शाखाका प्रमुख इन्द्रजित गामी लगायतका पदाधिकारीहरूकाे टिमले अनुगमन गरेका हुन।

जिविकाेपार्जनमा बाख्रापालनदेखि किराना पसलसम्म

परियोजना संयोजक उत्तम वि.क. का अनुसार, परियोजनाले स्थानीय बासिन्दाहरूलाई बाख्रापालन, किराना पसल सञ्चालन, खानेपानी निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै बताउनुभयो । विशेष गरी अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउन परियोजनाले महत्त्वपूर्ण भूमिका खेलिरहेको बिकले बताउनुभयो ।

बिककाे अुनसार शारीरिक अपाङ्गता भएका गुमान रसाइली परियोजनाको सहयोगपछि आफ्नै किराना पसल सञ्चालन गर्न सक्षम भएकाे खुसी हुँदै बताए
। उगुनमान पहिले अरूको सहारामा भर पर्थे भने अहिले उनी आफ्नै आम्दानी स्रोत सिर्जना गर्न सफल भएकाे गुमानले बताए । उक्त परियोजनाले उनलाई अपाङ्गमैत्री शौचालय निर्माण गरि दिएकाे छ।

यस्तै गिता सुनारले पनि परियोजनाको सहयोगले आफूहरूको दैनिक जीवनमा ठूलो परिवर्तन आएको बताइन्। पहिले खानेपानी ल्याउन १ घण्टा लाग्ने हुदाँ निकै कठिनाइ भएको बताईन ।अहिले घरआँगनमै पानीको व्यवस्था भएपछि गिताले समयको बचत गर्दै अन्य कार्यहरू सहजै गर्न सकेकाे खुसी ब्यक्त गरिन्।

UMN रुकुमपूर्व र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजनाले आर्थिक रूपमा कमजोर वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न जीविकोपार्जन व्यवसायमा सहयोग गर्दै आएको छ।

तस्बिर 

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार