नेकपा माओवादी पार्टीको भाद्री संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा आफ्नो विरासत जाेगाएकाे छ।हिमाली जिल्ला रुकुमपूर्वकाे एक मात्र सिस्ने शिक्षा क्याम्पसमा भारी मतले प्यानल नै विजयी भएको हाे। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल हुदाँ माओवादी पार्टीको जन सागर जनयुद्ध जस्तै देखाएको छ।
तीन सय ५३ जना मतदाता रहेकाेमा जम्मा दुई सय मत खसेको थियाे। जस मध्य अखिल (क्रान्तिकारी)का अमर खत्रीले १ सय ३५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै खत्रीकाे प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिस आचार्यले ३४ मत ल्याउँदा नेपाल विद्यार्थी संघका अर्जुन बुढाले २५ मत ल्याएका हुन ।
यस्तै सचिवमा अखिल (क्रान्तिकारी)का विशाल घर्ति मगर १ सय ४२ मत लिदै बिजयी भए भने कोषाध्यक्षमा अनुपा शिर्पालीले १सय ३५ मत ल्याएर विजयी भएकि हुन्।
सदस्यहरुमा क्रान्तिकारीकै गंगा सार्की, उषा छिनाल, सुधा ओली, उषा थापा र सुनिता रोका विजयी भएका छन्।
















प्रतिक्रिया दिनुहोस्