२०८३ साउन १३ गते बुधवार

पुथा ४ को वनमा डढेलो, नियन्त्रणमा कठिनाइ



रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-४ स्थित काडा गाउँको माथिल्लो लेकबाट सुरु भएको डढेलो नियन्त्रणभन्दा बाहिर गएको छ।

आगोले वनको अधिकांश भाग जलेको छ भने गाउँलाई तत्काल ठूलो जोखिम नभए पनि सचेत रहन आग्रह गरिएको छ।आगो नियन्त्रणका लागि स्थानीयबासी, प्रहरी र अन्य सुरक्षाकर्मी खटिएका छन्।

तर, हावाको तीव्र गतिले नियन्त्रणमा लिन कठिनाइ भइरहेको वडा अध्यक्ष सुर बहादुर बिकले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार