२०८३ साउन १३ गते बुधवार

रुकुमकोटमा एक महिनाको नि:शुल्क सीप विकास तालिम सुरु





रुकुम पूर्व — रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित मल्ल होटेलको सभाहलमा आजदेखि एक महिनाको नि:शुल्क सीप विकास तालिम सुरु गरिएको छ। वल्र्डवाइड टेक्निकल प्रा. लि. र बृलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा. लिको संयुक्त आयोजना तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

इन्जिनियर रामु पुनका अनुसार तालिम आजदेखि सुरु भई २०८२ साल जेठ ९ गतेसम्म चल्नेछ। एक महिनाको अवधिमा सहभागीलाई कुक, पलम्बिङ र हाउसकिपिङ विषयमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ। तालिमको उद्देश्य युवा–युवतीलाई वैदेशिक रोजगारीका लागि आवश्यक सीप प्रदान गर्नुका साथै देशमै स्वरोजगारको अवसर सिर्जना हुने छ।

तालिमको औपचारिक उद्घाटन सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष पूर्ण बहादुर मल्लले गर्नुभएको थियो। कार्यक्रममा सिस्ने गाउँपालिका रोजगार शाखाका प्रमुख झपेन्द्र केसी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो भने अन्य अतिथिमा इन्जिनियर सम्भी यादव, इन्जिनियर जगदीश खड्का र कायल राणा लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन इन्जिनियर रामु पुनले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार