२०८३ कार्तिक १२ गते बुधवार

किशोर–किशोरी लक्षित सडक नाटक : लागुऔषध दुर्व्यसनविरुद्ध भूमे दिदै  सन्देश



चार विद्यालयमा सञ्चालित सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा चेतना बढाएको सरोकारवालाको भनाइ
चार विद्यालयमा सञ्चालित सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा चेतना बढाएको सरोकारवालाको भनाइ

पछिल्लो समय किशोर–किशोरीहरूमा बढ्दो लागुऔषध दुर्व्यसनप्रति सचेत गराउने उद्देश्यले भूमे गाउँपालिकाले सडक नाटकमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।गाउँपालिकाको आयोजना र अन्वेषण खबरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम जनशक्ति मावि काँडा, शहिद शुक्र मावि सिमा, त्रिवेणी मावि काँक्री र सिद्धचौर मावि लुकुममा सम्पन्न भएको हो।

कार्यक्रममा सडक नाटकका माध्यमबाट किशोरावस्थामा लागुऔषध दुर्व्यसन कसरी सुरु हुन्छ, त्यसको परिणाम कस्तो हुन्छ, र समयमै रोकथाम कसरी सम्भव छ भन्ने सन्देश प्रभावशाली ढंगले प्रस्तुत गरिएको भूमे गाउँपालिका महिला तथा बालबालिका शाखाका धनिषा पुनमगरले बताउनुभयो।विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

 जनशक्ति मावि काडाँका शिक्षक प्रेम बहादुर सुनारको अनुसार यस्ता कार्यक्रमले कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक शिक्षाको खाँचो भएको बताउनुभएको छ।अन्वेषण खबरका भिडियो रिपोर्टर  रुविन विश्वकर्माले युवाहरूमा बढ्दो दुर्व्यसनको जोखिमलाई रोक्न समयमै चेतनामूलक पहल गर्न मिडिया भूमिका लाग्ने हुदाँ गाउँपालिका संग सहकार्य गरिएको बताएका छन्।भूमे गाउँपालिकाले गाउँपालिकाले आगामी दिनमा अन्य वडाका विद्यालयहरूमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।उक्त कार्यक्रममा वडागत जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार