२०८३ कार्तिक १२ गते बुधवार

वर्षाको जोखिम : भूमे गाउँपालिकाको विपद् व्यवस्थापनमा तीव्र तयारी



विपद् जोखिम न्यूनीकरणका लागि वडास्तरीय समिति सक्रिय

असोज १७ गतेदेखि २० गतेसम्म देशभर विशेषगरी मध्य तथा पहाडी भेगमा अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान विभागले जारी गरेको चेतावनीलाई गम्भीरतापूर्वक लिँदै भूमे गाउँपालिकाले संभावित प्राकृतिक विपद् न्यूनीकरणका लागि सतर्कता र तयारी तीव्र पारेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएकाे बताउनुभयो। “हाम्रो जिल्ला भौगोलिक हिसाबले विकट क्षेत्र हो। भारी वर्षाका कारण भूस्खलन, बाढी तथा अन्य प्राकृतिक विपद् आउन सक्ने भएकाले सबै नागरिकलाई सतर्क र सचेत रहन अनुरोध गरिएकाे अन्वेषण खबरसंग टेलिफोन सम्पर्कमा बताउनुभयो। कुनै आकस्मिक घटना परेमा तत्काल पालिकाको विपद् व्यवस्थापन संयन्त्रलाई जानकरी दिन अनुरोध गर्नुभएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गाउँपालिकाले ९ वटै वडामा रहेका विपद् व्यवस्थापन समितिहरूलाई सक्रिय पारेको छ। उद्धार टोलीहरू तयारी अवस्थामा राखिएका छन् भने आवश्यक स्रोत–साधन परिचालनका योजना तयार पारिएका छन्। जोखिमयुक्त बस्तीका बासिन्दालाई सचेतना दिने कार्य जारी छ र आवश्यकता परेमा सुरक्षित स्थानमा सार्ने व्यवस्थासमेत मिलाइएको गाउँपालिकाले जनाएको छ।त्यस्तै, गाउँपालिकाले मौसम पूर्वानुमानबारे निरन्तर जानकारी संकलन गरी आवश्यक कदम तत्काल चाल्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार