रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले मङ्सिर २५ गते सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा आयोजना गर्न लागेको जिल्ला स्तरीय एकता सन्देश सभालाई लक्षित गरेर स्थानीय तहमा राजनीतिक गतिशीलता बढाएको छ ।
यसै क्रममा भूमे गाउँपालिका–३, सीमामा नेकपाले वडा–स्तरीय तयारी बैठक सम्पन्न गरेको छ। बैठकले सभालाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी, जनसहभागिता, प्रचार–प्रसार र बैंठक बसेकाे पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला सदस्य चन्द्र रसाइलीले युवाको उत्साह र स्थानीय कार्यकर्ताको सक्रियता सभाको मुख्य शक्ति भएको बताए। “वडा–स्तरमै सुरु भएको यो सक्रियता एकता र संगठन सुदृढीकरणको संकेत हो। २५ गतेको सभा रुकुमपूर्वको राजनीतिक दिशानिर्देशनका रूपमा रहनेछ,” रसाइलीले भने।
त्यस्तै, भूमे गाउँपालिका–३ का वडा अध्यक्ष प्रशुराम बुढा मगरले सभाले राजनीतिक मात्र होइन, विकास–निर्माण सम्बन्धी जनअपेक्षा उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।
“स्थानीय विकास, पूर्वाधार र जनचासोका मुद्दा सभाको केन्द्रमा रहने बुढाले बताए ।











प्रतिक्रिया दिनुहोस्