रुकुम पूर्वको सिस्ने गाउँपालिकामा आज अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरणसम्बन्धी स्थानीय समन्वय समितिका संयोजक एवम् सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेको अध्यक्षतामा बसेको बैठकले छलफल पश्चात परिचयपत्र वितरण गरेको हो। जसअनुसार २ जनालाई ‘ग’ वर्ग र ३ जनालाई ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ। उक्त सेवाबाट जम्मा ५ जनाले लाभ लिएका छन्।
!
कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मंगलसिंह बुढा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता खड्का ,पाेषण सहजकर्ता निश्मा खड्का ,सिस्ने गाउँपालिका स्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष कमानसिंह खत्री लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार














प्रतिक्रिया दिनुहोस्