२०८३ कार्तिक ११ गते मङ्गलवार

विकास र सुशासनको समीक्षा गर्न भूमेमा सार्वजनिक सुनुवाइ हुँदै



भूमे गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा सम्पादित विकास निर्माण र सेवा प्रवाहबारे नागरिकस्तरमा समीक्षा गर्न ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आगामी माघ ७ गते बुधबार वडा नं. ४ स्थित काँडा स्वास्थ्य चौकीको प्राङ्गणमा कार्यक्रम तय गरेको हो ।

गाउँपालिकाले साउनदेखि कात्तिक मसान्तसम्म कार्यान्वयन गरेका योजनाहरूको प्रगति विवरण, बजेट खर्चको अवस्था र जनताले पाएको सेवा–सुविधाबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थानीय सरकारका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बि.क.ले स्थानीय सरकारलाई जनताप्रति बढी जिम्मेवार बनाउन सार्वजनिक सुनुवाइलाई विशेष महत्त्व दिइएको बताउनुभयो । “हामीले पहिलो चौमासिक अवधिमा कति बजेट खर्च गर्यौँ र त्यसले नागरिकको जीवनस्तरमा के कस्तो प्रभाव पार्यो भन्ने कुराको ऐना नै सार्वजनिक सुनुवाइ हो,” अधिकृत बि.क.ले भन्नुभयो, “प्रशासनिक पारदर्शिता र विकासमा जनसहभागिता हाम्रो मुख्य प्राथमिकता हो। त्यसैले, यो कार्यक्रममा आएर निर्धक्कसँग आफ्ना गुनासा र रचनात्मक सुझाव राखिदिन म सम्पूर्ण गाउँपालिकाबासीहरूमा हार्दिक अनुरोध गर्दछु।”

उक्त कार्यक्रममा गाउँपालिकाभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, पत्रकार र सरोकारवाला संघसंस्थाहरूको उपस्थितिमा गरिने भएको छ ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार