२०८३ कार्तिक ११ गते मङ्गलवार

भूमेले कोर्दै समृद्धिको मार्गचित्र



रुकुमपूर्वको भूमे गाउँपालिका विकास र समृद्धिको नयाँ युगतर्फ अघि बढिरहेको छ । भूमेली नागरिकले प्राप्त गरेका उपलब्धिहरूले मात्र होइन, आगामी योजना र दृष्टिकोण सुनिश्चित गर्दैछ । स्थानीय समुदायको एकता, सहकार्य, र मेहनत हाम्रो यात्राको एक मूल प्रेरणा हो । भूमेको विकास केवल पूर्वाधारमा सीमित छैन । सामाजिक न्याय, समानता, र सहभागिताको माध्यमबाट दिगो विकासको सुनिश्चिततामा लागिपरेको छ । गाउँपालिकाले स्रोत, साधनको बुद्धिमानी प्रयोग, प्रविधिको एकीकरण र स्थानीय सीपको विकास गर्दै सम्पूर्ण नागरिकलाई समृद्ध जीवनशैली प्रदान गर्दै लम्किरहेको छ ।
भूमे गाउँपालिका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, र मेहनती जनताको साझा थलो हो । यहाँका हरियाली पहाड, स्वच्छ खोला, र संस्कृति मात्र हाम्रो सम्पत्ति होइन् । अहोरात्र खटिने जनप्रतिधि र सम्मपूर्ण कर्मचारीको ऐक्यबद्धता, सहिष्णुता, र श्रमप्रतिको सम्मानले भूमेलाई विशेष चिनाएको छ । पछिल्ला वर्षहरुमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, र पर्यटनका क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको हाम्रो नयनले देखेको र सेवा लिएको पनि सत्य सावित हो । पालिका भित्र रहेका ३५ वटा विद्यालयहरूमा विज्ञान र प्रविधिको पहुँच बढाइएको छ । सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई सुधार गरेर आधारभूत स्वास्थ्य सेवाहरू नजिक पु¥याउँदा गाउँमै सेवा लिन पाएको छौँ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्रतर्फ पाइला चालिएको छ । कृषि र पर्यटनमा भएका सुधारहरूले भूमेली नागरिकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ । भने अझै चुनौतीहरू बाँकी छन् । जलवायु परिवर्तन, युवा बेरोजगारी, र प्रकोप व्यवस्थापन जस्ता क्षेत्रहरूमा अझै बढी ध्यान केन्द्रित गर्न आवश्यक छ । यस्ता समस्यालाई भने समाधान गर्न गाउँपालिका प्रतिबद्ध छ । भूमेलाई समृद्ध, आत्मनिर्भर र सहकार्यको उत्कृष्ट नमुनाका रूपमा स्थापित गरेको छ । गाउँ,गाउँमा सडक सञ्जालको विस्तार, खानेपानीको पहुँच र विद्युतीकरणमा भएको प्रगतिले जनताको जीवनस्तरमा सुधार ल्याउँदा भूमेली निकै खुसी छन्।विभिन्न संघ संस्थाहरूसँग सम्वन्य र सहकार्य गरेर बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न सक्रिय छ । जैविक खेती प्रवद्र्धन पर्यटनका नयाँ सम्भावनाहरूको खोजी गर्दै, भूमे गाउँपालिकाले ग्रामीण अर्थतन्त्रमा योगदान गर्दा यो सकरात्मक कदम हो । जसले गर्दा समृद्धिको मार्गचित्र कोर्दै छ ।

 

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार