२०८३ साउन १५ गते शुक्रवार

अ) सेराबाङ तामाखानी



भूमे गाउँपालिकाको वडा नं. ३ को झुम्लाबाङ, वडा नं. ४ को काँडा र वडा नं. ५ को सेराबाङ भौगोलिक रुपमा एकैपट्टि रहेको छ। जनश्रुति अनुसार झुम्लाबाङको खानीमा छिरेको मानिस सेराबाङको मछैनामा निस्कन्छ। अर्थात्, झुम्लाबाङदेखि काँडा हुँदै सेराबाङसम्म तामाखानीको सिलसिलेवार रहेको भनाई स्थानीय बुढापाकाको छ। झुम्लाबाङ र काँडामा जस्तै सेराबाङका जङ्गलहरुमा पनि आजभन्दा करिब ३०० वर्ष पहिलेसम्म निकालिएका तामाखानीका सुरुङ र धाउ खारेको ढुङ्गा देख्न पाइन्छ। तामाखानीले परिचित सेराबाङको अर्को परिचय मिलेको गाउँ अनि हरिया बारीका पाटाहरु हुन्। रुकुमकोटको नजिकै पर्ने सेराबाङ, साकिमलाई कृषि पर्यटनको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको छ।

पर्यटकीय स्थल नामःसेराबाङ तामाखानी
स्थानःभूमे गाउँपालिका वडा नं. ५ सेराबाङ
विशेषतातामाका धाउ र उत्खनन् गरिएका खानीहरु प्रशस्त रहेकोसुरुङलाई पर्यटकीय स्तरको रुपमा विकास गर्न सकिने
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाःसडक, खानेपानी, होटल शौचालय आदिको सुविधा भएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यपिल्बाङ लेक जान सकिनेपूथा उत्तरगंगाको सम्पूर्ण भागहरुमा जान सकिने सकिनेत्यस ठाउँबाट चनबाङ गुफा, गुराँसे लेक जान सकिने
पर्यटकले समय व्यतित गर्न सक्ने आधारअध्ययन अनुसन्धान, मनोरञ्जन आदि।
लोकप्रियतारमणीय स्थलहरु भएको स्वच्छ वातावरण भएको प्राचीन कालमा तामाको उत्पादन भएको ठाउँ

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार