बिरस थापा /रुकुम पश्चिम
रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाले २०८१/८२ को अर्धबार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम झुल्नेटा बजारमा सम्पन्न गरेकाे छ।सानीभेरी जनप्रवाह मिडियाकाे सहजिकरण र त्रिवेणी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हाे।
सुनुवाइ कार्यक्रममा नागरिकहरुले कृषि ,सडक , खानेपानी सहकारी,भुकम्प पिडीतले अस्थायी टहराका लगायतका बिषयमा सराेकारवाला निकाय संग प्रत्येक्ष सवाल जवाफ गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ।
नागरिक गुनासो सम्बाेधन गाउँपालिका अध्यक्ष ,वडा नम्बर ३,४,६ का वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत लगायत गाउँपालिकाकाे शाखागत कर्मचारीहरुले नागरिककाे गुनासाेकाे जवाफ दिएका थिए।भोली २५ गते शुक्रबार साेही गाउँपालिकाकाे वडा नम्बर २ को सिम्रुतुमा सार्वजनिक सुनुवाइ कार्यक्रमकाे तय गरेकाे छ।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्