२०८३ कार्तिक १२ गते बुधवार

सिस्नेकाे छैट्टाै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १० विद्यालय सहभागी



अन्वेषण खबर संमवाददाता

जिल्लाकाे सिस्ने गाउँपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ।गाउँपालिका भित्रका १० वटा माध्यामिक विद्यालय सहभागी भएको सिस्ने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मंगल सिंह बुढाले जानकारी दिनुभएका छन् ।

छैटौं राष्ट्रपति रनिङ शिल्डकाे सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले खेलकुद क्षेत्र एउटा स्वस्फूर्त तवरबाट प्रतिस्पर्धा गर्ने विधा भएकाे बताउनुभयो । प्रमुख श्रेष्ठले विभिन्न विधाका खेलमा विवाद नगर्न विद्यालयहरुलाई आवश्यक्ता नभएको बताउनुभयाे।

यस्तै बिशेष अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख माेहन बहादुर केसीले छैटौं राष्ट्रपति रनिङ शिल्डमा खेलाइने विभिन्न विधालाई साँच्चिकै मैत्रीपूर्ण बनाउन सबै लाग्नु पर्ने बताएका हुन।

साे कार्यक्रममा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, नेपाली काङ्ग्रेस रुकुम पूर्वका काभा सभापति भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र रुकुम पूर्वका संयोजक कुमारी बराल गौतम, एकीकृत समाजवादी रुकुम पूर्वका सचिव भुवनेश्वसर उपाध्याय, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य हरि थापा, नेपाल शिक्षक महासंघ रुकुम पूर्वका अध्यक्ष मान बहादुर बस्नेत लगायतका बिशेष अतिथि तथा अतिथिहरुले खेलकुद क्षेत्र राष्ट्रकाे गहना भएको र खेलकुदले नै देशलाई चिनाउने काम गरेको विभिन्न उदाहरण दिदै सबैले याे राष्ट्रपति रनिङ शिल्डलाई भव्य र सभ्य बनाउन आआफ्नो क्षेत्रबाट सबैले भुमिका खेल्नुपर्ने बताएका थिए।

छैट्टाैं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रमका अध्यक्ष तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले विगतका वर्षहरुमा विभिन्न तिता अनुभव लिएकाे बताउनुभयाे ।अध्यक्ष रेग्मीले कुनै पनि विवाद नर्गन आयाेजक गाउँपालिकाकाे सचिवालय र रेफ्रीलाई जानकारी अनुराेध गर्नुभएको छ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीकाे अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो कार्यक्रमकाे सञ्चालन रुक्मेणी माविका शिक्षिका उर्मिला गौतमले गरेका थिए ।

 

##सिस्ने गाउँपालिका ##

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार