२०८३ कार्तिक १२ गते बुधवार

आ) मगर बस्ती लाबाङ गाउँ



दुवैतिर जङ्गल, बीचमा डाँडा। सोही डाँडामा लाईन लागेका परम्परागत घरहरु। डाँडामूनिका पाखामा हरियो मकैबारी। देख्दै रमाइलो लाग्ने लाबाङ गाउँ आफैमा मगर कला र संस्कृतिको संग्रहालय नै हो। त्यति मात्र होइन यो ठाउँ माओवादी जनयुद्धको समयमा दुईलाईन संघर्षको रुपमा चिनिने आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि माओवादीले युद्ध प्रति फरक मत राख्ने बाबुराम भट्टराई लगायतका नेताहरुलाई कारबाही गरेको बैठक स्थल पनि हो लाबाङ। मगर वस्ती र ऐतिहासिक ठाउँ भएकाले उक्त गाउँलाई गाउँपालिकाले स्मार्ट गाउँको रुपमा छनौट गरी पर्यटकीय क्षेत्रको रुपमा विकास थालेको छ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार