रुकुमपूर्व “क” वर्गमा वर्गीकृत हिमाली जिल्ला हो।यस जिल्लामा पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका रहेको छ।जसमा भखर्रै मात्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा रुकुमपूर्वमा भूमे गाउँपालिकाले उत्कृष्ट हासिल गरेको छ।गत माघ ३० गते राष्ट्रिय वित्तीय आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार भूमे गाउँपालिका उत्कृष्ट घोषित भएको छ।यो उपलब्धी भूमेको लागि मात्र नभएर हिमाली रुकुमपूर्वको गर्वको विषय बनेको छ।स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई आवश्यक सेवा प्रदान गर्नु, पूर्वाधार विकासलाई प्रवद्र्धन र वित्तीय स्रोतको सही सदुपयोग गर्दै भूमे गाउँपालिकाले ७०.४ अंङ्क प्राप्त गरेर उत्कृष्ट हासिल गरेको हो
यति मात्रै नभएर भूमे गाउँपालिकामा योजनाबद्ध विकास, बजेटको पारदर्शी कार्यान्वयन, र प्रभावकारी बनाएको देखाएको छ।सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदानमा अहोरात्र खटेको परिणाम यस आर्थिक वर्षको कार्यसम्पादनले नतिजा दिएको छ।
आर्थिक स्रोतहरूको उचित व्यवस्थापन र दिगो विकासका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै भूमे गाउँपालिकाले सबै पक्षमा उत्कृष्ट कार्यसम्पादनमा अन्य स्थानीय तहहरूका लागि भने मार्गदर्शनको भूमिका निर्वाह गरेको छ।
देशमा धेरै स्थानीय तहहरू वित्तीय अनियमितता, अनियन्त्रित खर्च, र कमजोर सुशासनका कारण आलोचनाको पात्र बनेका छन्।तर भूमे गाउँपालिका कुशल नेतृत्वमा प्रशासन र समावेशी नीति बनाउँदै भूमेली नागरिकले सोचे चाहे जस्तो सेवा प्रदान गरेको छ।गाउँपालिकाले आफुमा भएका गल्ती र कमीकमजोरीलाई सुदृढ गर्दै थप प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न गति बढाउँदै छ।
अन्तमा स्थानीय सरकारहरू राष्ट्रको विकासको मेरुदण्ड हुन्।तसर्थ सबै स्थानीय तहले वित्तीय अनुशासन, पारदर्शिता र जनउत्तरदायी प्रशासनलाई अन्य तहहरूले पनि आत्मसात गर्न आवश्यक छ।
















प्रतिक्रिया दिनुहोस्