२०८३ जेष्ठ १७ गते आइतवार

तेस्रो लक्ष्मी गोल्ड कपमा  पुरुषतर्फ मुसिकोट–७ र महिलातर्फ बाफिकोट–२ च्याम्पियन



रुकुमपूर्व,  सहिद महेन्द्र लक्षु स्मृति क्लब, सिस्ने गाउँपालिका–८ झिमखोलाको आयोजनामा भएको तेस्रो लक्ष्मी गोल्ड कप प्रतियोगिता विविध खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फ मुसिकोट नगरपालिका–७ को टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेकाे हाे। आयोजक टिम दोस्रो र बाफिकोट गाउँपालिका–५ तेस्रो भएकाे छ।

यस्तै महिला भलिबलतर्फ बाफिकोट–२ च्याम्पियन बन्न सफल भएकाे छ। आयोजक टिम दोस्रो र आठबिसकोट–१ को टिम तेस्रो स्थान हात पार्न सफल भएको हाे।

यस प्रतियोगितामा भलिबलबाहेक रस्साकस्सी (पुरुष र महिला) तथा घैटो फोर जस्ता रमाइलो र परम्परागत खेलहरू पनि समावेश गरिएका थिए। रस्साकस्सी पुरुषतर्फ नरेशकाे टिम पहिलो र  हिमालकाे टिम दोस्रो र हिरालालकाे  टिम तेस्रो हुन। महिलातर्फ क्रमशः प्रथम ,दृतीय र तृतीय सीता ,अमृता , देवीकाे टिमले  तेस्रो स्थानमा हात पारेका थिए।

कार्यक्रमको समापन क्लब अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। सिस्ने गाउँपालिका–८ का कार्यवाहक अध्यक्ष डम्बर बुढा प्रमुख अतिथि थिए। कार्यक्रमको सञ्चालन महासचिव दुर्गा पुन मगरले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार