आत्महत्या विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्ने उद्देश्यले आफूले आफैँलाई हानी गरेर ज्यान गुमाउनु आत्महत्या हो । नेपालको संविधानले बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको भएता पनि विभिन्न बाध्यात्मक परिस्थितिबाट उम्कन नसक्दा व्यक्तिले आत्महत्यालाई अन्तिम विकल्पको रूपमा लिइरहेका हुन्छन ।
बिश्वस्वाथ्य संगठनको आंकडा अनुसार पहिलो क्यान्सर दोसा्रे मुटु रोग र तेस्रो स्थान मानसिक रोगले लिएको अबस्था छ । मानसीक रोग पनि अन्य रोगहरु जस्तै मधुमय, मुटुरोग, क्षयरोग, उच्च तथा न्यून रक्तचाप जस्ता उपचार संम्भव भएका रोग हरु जस्तै एउटा रोग अवस्था हो । यो कुनै देबी देबताको साराप बोक्सी वा अन्य यस्तै अलौकीक शक्तिको प्रभाव बाट सृजित समस्या होइन । यो एक प्रकारको सामान्य समस्या हो जसको समाधान संभब छ । सम्बन्धित चिकीत्सक संग उपचार गराई नियमीत औषधि सेबन गरेमा यो रोग पुर्ण रुपमा निको हुन्छ । व्यवहारमा परिवर्तन, निराशाको अभिव्यक्ति, मूडमा परिवर्तन, वा दैनिक गतिविधिहरूमा कठिनाइ जसले मानसिक स्वास्थ्य बिग्रिएको अवस्थाको उपस्थितिलाई संकेत गर्न सक्छ भनेर ध्यान दिनुहोस र कसैलाई सोध्न नडराउनुहोुस कि उनीहरूमा आत्महत्याको विचारहरू छन विशेष गरी यदि तिनीहरू जीवन तनावको अनुभव गर्दैछन्। ।
बिभिन्न अध्यन अनुसार सेलिब्रेटीहरूमा आत्महत्या बढेको पाईन्छ विशेष गरी भाईरल(देखासिखी) मनोविज्ञान लाइ थप उत्प्रेरित सामाजिक सञ्जाल मा भेटिने आत्महत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मदत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ। आत्महत्या अर्को आत्महत्याको अनुकरणको रूपमा परिभाषित गरिएको छ जुन आत्महत्याको प्रयास गर्ने व्यक्तिले टेलिभिजन र अन्य मिडिया का कारण थाहा पाएको छ।
क्र.स प्रदेश पुरुष महिला वालक वालिका जम्मा
१ सुदुरपश्चिम २५९ १९७ ३९ ६० ५५५
२ लुम्बिनी ७०४ ४८५ ४७ ९३ १३२९
३ मधेश ५४० ४८० ६७ २०३ १२९०
४ कोशी ९७४ ४६४ ६५ ५३ १५५६
५ बागमती ७५६ ५९४ ६३ ९७ १५१०
६ गण्डकी ३४० २५६ २५ ३६ ६५७
७ कर्णाली १५४ ९७ २५ ५० ३२६
जम्मा ३७२७ २५७३ ३३१ ५९२ ७२२३
स्रोत : नेपाल प्रहरी
यदि तपाइँ संघर्ष गरिरहेको कसैलाई चिन्नुहुन्छ भने, उनीहरूलाई सम्पर्क गर्नुहोस यदि तपाईं, आफैं, संघर्ष गर्दै हुनुहुन्छ भने, एक प्रियजन वा मानसिक स्वास्थ्य विशेषज्ञलाई खोल्नुहोस्। वार्तालाप सुरु गर्नु मद्दत प्राप्त गर्नको लागि महत्त्वपूर्ण पहिलो चरण हो।
आत्महत्याको सोंचले गर्दा देखापर्ने मानसिक असर र लक्षणहरु
- भविष्यका बारेमा बढी चिन्तित हुने ।
- आफ्नो जीवनको सम्भावना नदेख्ने साथसाथै असहाय महसुस गर्ने।
- छटपट हुने तथा अनावश्यक रुपमा झर्किने।
- आफुले गर्न नसकिने कामको लागि मरी मिटी लागि रहने।
- राज्यको उचित शान्ति सुरक्षाको व्यवस्था सम्बन्धी बढी पिर लिने।
- अत्याधिक चिन्ता लाग्ने ,सम्हाल्नै नसक्ने गरि मन दुःखी हुने।
- एक्लो पारिएको महसुस हुने।
- कुनै कुरामा चाख नलाग्ने ,कसैले केही गर्छ कि भनी डर मान्ने।
- आफ्नो दैनिककामलाई राम्रो किसिमले गर्न नसक्ने।
- लागुपदार्थको प्रयोग वा दुरुपयोग गर्ने
- मनको असर शरिरमा देखापर्न थालदछ।
- आत्महत्याको सोंचले गर्दा देखापर्ने व्यवहारजन्य लक्षणहरु
- आत्महत्या गर्नको लागि प्रयोग हुने सामग्री जुटाउने, जस्तैः डोरी, विषादि औषधि प्रज्वलनशील पदार्थ आदि।
- अस्वाभाविक रुपमा आफ्नो स्वामित्वमा रहेका बस्तुहरु अरुलाई दिने।
- मानसिक रुपमा अपरिपक्व तथा कमजोर हुने सानो तिनो उतारचढाव देखि हायल कायल हुने व्यक्तिको रुपमा देखिने।
- धेरै संवेदनशील तथा बिना सोच विचार निर्णय गर्ने व्यतिहरु बन्न।
- आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका
- आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने
- सहानुभूतिरसमभावका साथ सुन्ने
- भावनात्मक सहयोग गर्ने
- परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग बिरामीलाई जोडिदिने सहयोगको निश्चितता गर्ने
- यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने
- सकारात्मक सोच्ने , बोल्ने , धार्मिक र साँस्कृतिक गतिविधिमा सहभागी हुने।
- गीत, संगीत सुन्ने, चित्र बनाउन
- योग ,ध्यान गर्ने।आफ्नु लागि समय छुट्याउने।
- आफ्नो मन मिल्ने मानिस संग मनको कुराकानी गर्ने।
- सांगीतिक बाजा बजाउँने।गायन र नृत्य
- कागजहरू च्यात्ने, आफैलाई रुन दिनुहोस
- रमाईलो भिडियोहरू हेर्ने,आफ्नो विचार र भावनाको बारेमा लेखे
- आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्ने
- मनोसामाजिक स्याहारकर्ताको सहयोग लिने।
- आफैले आफैलाइ माया गर्ने, प्रंसासा गर्ने,
- काम , आराम र निन्द्राको संतुलन मिलाउने।
- विशवासिलो ब्यातिmसग पे्रम सम्बन्ध निर्माण गर्नुहोस।
मथिमा क्रियाकला ले निम्न हमोन उत्पादन गर्छ के पाईदा के हुन्छ सेरोटोनिन धेरै शारीरिक कार्यहरूमा सन्तुलन वा मूडलाई नियन्त्रण गर्न मद्दत गर्ने भएकाले, सेरोटोनिनलाई प्रायः शरीरको प्राकृतिक फिल(गुडू रसायन भनिन्छ।
साथै डोपामाइन,सम्पूर्ण शरीरमा हाम्रो मूड र भावनाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छन्।थप रूपमा, डोपामाइन हाम्रो दिमागमा प्रणालीमा संलग्न हुन्छ।मस्तिष्क मा पिट्यूटरी ग्रंथि र हाइपोथालेमस द्वारा जारी न्यूरोट्रांसमिटर हो। प्राकृतिक हर्मोनको रूपमा, यसले दुखाइ कम गर्न, तनाव कम गर्न, मुड सुधार गर्न, र तपाईंको कल्याणको भावना बढाउन सक्छ।खाना, व्यायाम, यौनसम्पर्क आदि जस्ता मनोरञ्जनात्मक क्रियाकलाप गर्दा शरीरले एन्डोर्फिन उत्सर्जन गर्छ।प्रेम वा खुशी हर्मोनको रूपमा चिनिन्छ, अक्सिटोसिनले तपाईंको भावनाहरूलाई कडा प्रभाव पार्न सक्छ।मथि उल्लेखित क्रियाकलाप छनु जसमा अक्सिटोसिनले तपाईंलाई र तपाईंको रोमान्टिक, पारिवारिक र सामाजिक सम्बन्धहरूलाई सकरात्मकअसर गर्न सक्छ।
आत्महत्या लाई पे्ररेरि गर्ने काम तनाबले थप गरेको पाईन्छ सबैले फरक–फरक हिसाबले तनाव व्यवस्थापन गर्छन्। अर्काको तनाव व्यवस्थापन नक्कल गर्नाले चाहिँ भावनात्मक र शारीरिक रुपमा राम्रो वा नराम्रो दुवै कुरा हुन सक्छ। त्यसकारण आफ्नो लागि उपयुक्त विधि आफैँले खोज्नु राम्रो हो। थोरै तनाव चाहिँ सबैका लागि राम्रो हुन सक्छ, किनकि त्यसले तपाईंलाई केही गर्न, उद्वेलित बन्न र चुनौतीसँग सामना गर्न सहयोग पुर्यािउँछ। तर, निरन्तर र दीर्घकालीन तनावले शारीरिक स्वास्थ्यमा अत्यन्त प्रतिकूल असर गर्छ। तनाव व्यवस्थापनमा सन्तुलित दिनचर्या अझ भनौँ सन्तुलित जीवनचर्या महत्वपूर्ण हुन्छ। जीवन र दैनिक कार्यलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ। नियमित व्यायाम र आराम गर्नाले सन्तुलित जीवनयापनमा फर्कन निकै सहयोग पुग्छ। महत्वका आधारमा दैनिक कार्य समयानुसार सम्पन्न गर्ने बानीले तनाव व्यवस्थापनमा धेरै सकारात्मक प्रभाव पार्छ। आफ्ना जीवनका आवश्यकता र महत्वलाई बुझ्नु पनि तनाव र आत्महत्या निउनिकरण र व्यवस्थापनमा थप उपयोगी हुन्छ।
















प्रतिक्रिया दिनुहोस्