२०८३ कार्तिक ११ गते मङ्गलवार

चार गाउँका किसानलाई चुना र तरकारीको बीउ वितरण



बिमल बि क

रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालीद्वारा पुथा ८ का किसानलाई स्याउका बिरुवामा लगाउने चुना र तरकारीको बीउ बितरण गरेको छ । किसानलाई स्याउकाे बाेटमा लगाउने चुना  र तरकारीको बीउ बितरण गरेको हाे ।

गाउँपालिका कृषि शाखाका प्राविधिक तिलक खडका र दिलमाया सेनले कृषककाे घर आगणमा नै चुना र बीउ वितरण गरिएकाे जानकारी दिनुभयाे।

चारगाउँमा स्याउकाे बाेटलाई वृद्धि गर्न गाउँपालिकाले चुना बितरण गरेको कृषि प्राबिधिक तिलक  खड्काले बताउनुभयो । स्याउको बोक्रा सुक्ने र स्याउमा लागेको पासलाई हताउन र स्याउलाइ स्वस्थ्थ बनाउन चुना वितरण गरेको खड्काले बताउनुभएकाे छ।
खड्काकाे अनुसार फागुन महिना लागे संगै किसानलाई तरकारीको बीउ पनि  वितरण गरिएकाे हाे ।

किसानको दुख र किसानलाई   प्रोत्साहन गर्ने हेतुका साथ चारगाउँमा वडाकार्यालयकाे पहल गाउँपालिकाको सहयोगमा किसानलाई चुना र तरकारीको बीउ वउतरण गरिएकाे वडाध्यक्ष पूर्ण मल्ल शाहीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार