बिमल विक
हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ स्थित सुद्री गाउँमा वर्षौंदेखि खानेपानी अभाव हुँदै आएको छ। करिब एक सय घरधुरी रहेको यो गाउँमा पाँच सय भन्दा बढी जनसंख्या बसोबास गरिरहेका छन्।
राज्यकाे नजर नपरेको सुद्री गाउँमा जम्मा दुईवटा मात्रै धारा सञ्चालनमा छ।जसले स्थानीयको माग पूरा गर्न भने सकेकाे छैन्।गाउँमा भएको दुुई वटा धाराहरूबाट नियमित रुपमा पिउँने पानी नआउदा त्यहाँका नागरिक खाने पानीको चरम समस्या भाेगी रहेका छन्।
सिस्ने गाउँपालिका वडा -२ सुद्री टाेलका स्थानीय सुन्दर विककाे अनुसार दैनिक उपभोगका लागि पर्याप्त पानी नहुँदा पशचाैपाया संगै लाईनमा बसेर पानी भर्नु पर्ने बाध्यता रहेकाे विकले बताउनुभयाे।
खानेपानीकाे समस्यालाई बुझेर लुम्बिनी प्रदेश सरकारले एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानीकाे काम सुरु गरे पनि समस्या अझैसम्म हल हुन भने सकेको छैन्।
वडा सदस्य दिनेश कुमार गौतमका अनुसार स्थानीय सरकारकाे पहलमा लुम्बिनी प्रदेश सरकारले पन्च वर्षिय याजनामा यस वर्ष आर्थिक वर्ष ०८०/०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएकाे सदस्य गाैतमले जानकारी दिनुभयाे।स्थानीय सरकारसंग पहल कदमी गरेर समास्याकाे सामाधान खाज्न तर्फ वडा सरकार र गाउँपालिका लागि परेकाे गाैतमले बताउनुभयाे।
सुद्री गाउँमा वर्षौंदेखि खानेपानीको समस्या हुदाँ घर आगनकै स्थानीय सरकारले खानेपानीजस्तो आधारभूत आवश्यकता नबुझ्नु भनेकाे विकासकाे लहर शुन्य गतिमा रहेको स्थानीयहरुले बताएका छन्।
















प्रतिक्रिया दिनुहोस्