रुकुमपूर्व । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले देश संघीयतामा प्रवेश गरे पनि कानुनहरूको अभावले स्थानीय सरकारलाई काम गर्न कठिनाइ भएको बताउनुभएकाे छ। शनिबार हिमाली जिल्ला रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आयोजित “प्रदेश सरकारसँग स्थानीय सरकारका कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम”मा बोल्दै सभामुख घर्ती मगरले कानुन निर्माणका प्रक्रियाहरू स्थानीय सरकारको कार्यमा अवरोध रहेको बताउनुभएको हाे।
घर्ती मगरले संघीय सरकार स्थापना भएको सात वर्षपछि पनि पुराना कानुनहरू लागू हुदाँ जनतालाई कठिनाइ भएको बताउनुभयाे।अब भने लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रियालााई तीव्र रुपमा समस्याकाे समाधान गर्न पहल कदमी र लागि परिरहेको बताउनुभयाे ।
उक्त कार्यक्रमले स्थानीय सरकारका समस्याहरू बुझ्न र प्रदेश सरकारले आवश्यक कानुन बनाउन मद्दत पुर्याउने उद्देश्य राखिएकाे घर्तीले बताउनुभयो ।
















प्रतिक्रिया दिनुहोस्