२०८३ साउन १२ गते मङ्गलवार

रुकुम पूर्वका दुई ठुला  हिमालले  पर्यटन प्रवर्द्धनमा थप्दै नयाँ आशा



बिमल बिक

रुकुमपूर्व / फाल्गुन दोस्रो साता परेको हिमपातले रुकुम पूर्वका दुई प्रमुख हिमाल— पुथा हिमाल र सिस्ने हिमाल— आकास खुले संगै टल्किन थालेका छन्। हिउँ नपर्दा कालो ढुंगाजस्तो देखिने यी हिमाल अहिले सेताम्मे भएर थप आकर्षक देखिन थालेको हाे ।

लुम्बिनी प्रदेशकाे एक मात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका दुई ठुला  हिमाल यश  वर्ष  कालो पहराझैं देखिए पनि हिमपात भएलगत्तै चम्किन थालेकाे छ।बिहीबार देखि परेको हिमपातले पुथा उत्तरगंगा गाउँपालिका–१ मा रहेको पुथा हिमाल र सिस्ने गाउँपालिका–१ मा रहेको सिस्ने हिमालको स्वरूप नै फेरिएको छ। हिमपात अघि धुलाम्मे र सुख्खा देखिने यी हिमाल अहिले हिउँको सेतो चादर ओढेर अनुपम देखिएका छन्।

पुथा उत्तरगंगा गाउँपालिकाका  वडा नम्बर १का वडा अध्यक्ष बिरमान कामी भन्नुहुन्छ ।पहिले खासै पर्यटक नआउने  पुथा हिमालमा हिउँ परेपछि  पर्यटकहरूको चाप बढ्ने अनुमान गरिएकाे बताउनुभयो ।

यस्तै सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष जस बहादुर बुढा का अनुसार, सिस्ने हिमालको सुन्दरता झन् निखरिएको बताउनुभयाे । यहाँको गुप्त दहमा हिमालको प्रतिबिम्ब झल्किँदा दृश्य अत्यन्तै मनमोहक  देखिएकाे अध्यक्ष बुढामगले  बताउनुभयाे ।

जिल्लामा रहेका हिमालहरु स्वाभाविक रूपमा सुन्दर छन्, तर पर्यटकीय प्रचार-प्रसारको अभावका कारण ओझेलमा पर्छ कि भन्ने तत्रास रहेको स्थानीय बताउँछन् । स्थानीय तहहरूले पूर्वाधार विकासमा ध्यान दिएर प्रचारप्रसारमा जोड दिने हो भने यी हिमाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने नागरिकले अपेक्षा रहेकाे छ।

हिउँले ढाकिएको पुथा र सिस्ने हिमालले अब पर्यटकलाई लोभ्याउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने सम्भावना बोकेको छ।पर्यटन पूर्वाधार विस्तार, होमस्टे व्यवस्थापन र पदमार्ग सुधार गरेमा यी हिमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित गन्तव्य बन्न सक्छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार