रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धौलापहिरामा अवस्थित ऐतिहासिक देउराली गुफामा यस वर्षको चैते दशैंको मेला भव्य रूपमा सम्पन्न भएको छ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको यस मेलामा हजारौँ श्रद्धालुहरूको उपस्थितिले उत्सवलाई विशेष बनायो। ‘स्वच्छ मनले मागे पुगेको पूरा हुन्छ’ भन्ने जनविश्वासले प्रेरित भएर यहाँको दर्शन गर्न आउने श्रद्धालुहरूको संख्या प्रत्येक वर्ष झन बढ्दो रहेकाे सिस्ने गाउँपालिका वडा -५ का वडाध्यक्ष विरेन्द्र बस्नेतले बताउनुभयो ।
गुफाभित्र प्राकृतिक रूपमा निर्मित जनावर र मूर्तिहरूको आकृति देख्न पाइने भएकाले मेलामा आउने दर्शनार्थीहरूमा चासो झनै बढ्ने गरेको पुजारी लोक बहादुर घर्तीका बताए ।
मेलामा करिब एक हजारभन्दा बढी भक्तजनहरूको उपस्थिति रहेको थियो। साथै, स्थानीय सांस्कृतिक झाँकीहरूको समेत आकर्षक प्रस्तुति गरिएको थियो जसले मेलालाई झनै रंगीन बनाएकाे र निकै रमाइलो भएको भएको भक्तजनहरुले बताएका छन्।
देउराली गुफा धार्मिक आस्था र मौलिक संस्कृतिको बकेकाे यस्ता विभिन्न पर्यटकिय स्थलहरुकाे जगेर्ना गर्न सिस्ने गाउँपालिका लागि परिरहेको गाउँपालिकाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्