हिमाली जिल्ला रुकुमपूर्व यतिबेला लालीगुराँसको फूलले ढकमक्क छ । जिल्लाको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका डाँडापाखामा रातो गुराँस फक्रिएपछि यहाँको दृश्य झनै मनमोहक बनेको छ ।
भूमे गाउँपालिका–१ लुकुमका अग्ला धूपीका रुखबीच गुराँस फुलेको देख्दा सम्पूर्ण पहाड नै रंगिएको छ । छर्लङ्ग आकाश, हरियाली बन र गुराँसको सुगन्धले रुकुमपूर्वलाई स्वर्गजस्तै बनाएको छ । भूमे ३ को कव लेक गुराँसे, निम्बाङ, राम्ली, महत हुँदै थबाङसम्मको पदमार्गमा स्थानीय र बाह्य पर्यटकहरूको चहलपहल बढ्दो छ । यति ठाउँहरु मत्र नभई रुकुमपूर्वका सबै ठाउँमा हाल लालीगुराँस फूलेको छ । जसले गर्दा हाल रुकुमपूर्वका विभिन्न ठाउँमा पर्यटक आउनेको संख्या बढेको छ ।
चैत–वैशाखमा फुल्ने लालीगुराँससँगै वनमा गुञ्जिने कोइलीको स्वर र स्थानीयको दैनिकीले यहाँको प्राकृतिक जीवनशैली झल्किन्छ । डाँडापाखामा घाँस–दाउरा काट्न गएका महिला–पुरुषको समुह र गुराँस फुल्ने वातावरणले रमाइलो दृश्य सिर्जना गर्छ । स्थानीय तहहरूले यस्ता मौसमी सौन्दर्यलाई प्रवद्र्धन गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा चासो देखाइरहेका छन् । समयमै योजना बनेमा रुकुमपूर्व आन्तरिक तथा बाह्य पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्ने निश्चित भएको छ ।














प्रतिक्रिया दिनुहोस्