बिमल बिक
रुकुम पूर्व रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका वडा ४ स्थित अर्जलमा रहेकाे आधारभूत विद्यालय झाेला वितरण गरिएको छ। मिक नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व क्लस्टरको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजनाले १सय ९६ जना विद्यार्थीलाई चामलको बोरा पुनः प्रयोग गरी बनाएकाे निर्मित झोला वितरण हाे।
परियोजना संयोजक उत्तम बिक काे अनुसार खेर गएका बोरालाई सदुपयोग गर्दै फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने र सस्तो तथा दिगो समाधानको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो।
झोला वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बुढाको अध्यक्षतामा वितरण गरिएको हाे। वितरणमा कार्यक्रममा परियोजना संयोजक उत्तम बिक, उपदेश रामाजाली, दिनेश कुँवर तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
















प्रतिक्रिया दिनुहोस्