२०८३ साउन १२ गते मङ्गलवार

३ दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न



जमुना गौतम पुन

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रुकुम (पूर्व) को आयोजनामा २१ देखि २३ गते सम्म रुकुमकोटमा सञ्चालन भएको व्यवसायिक बंगुर पालन विषयक ३ दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम   आज शुक्रबार सम्पन्न भएको छ।उक्त तालिममा आधुनिक र व्यवस्थित खोर व्यवस्थापन, आहार  र बजार व्यवस्थापन र बंगुरमा लाग्ने विभिन्न आन्तरिक तथा बाह्य परजिविहरु र रोग नियन्त्रण लगायतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरिएको हो।

 जिल्लाको तीन वटै पालिका अन्तर्गत व्यवसायिक बंगुर पालनमा संलग्न रहेका १७ जना कृषकहरु सहभागी भएको एकीकृत पशु पन्छी विकास कार्यालयका प्रमुख डिल्ली बहादुर पौडेल जानकारी  दिनुभएको छ।यस्तै तालिमका सहभागी श्रिधर पुनले बङ्गुर पालनको नयाँ विधि र व्यावहारिक ज्ञान हासिल गरेको अनुभव सुनाए भने, १५ वर्षदेखि बङ्गुर पालन गर्दै आएका सर्केनी सुनारले नयाँ प्रविधि र सीप सिक्न पाएकोमा खुशी व्यक्त गरेको बताए।वरिष्ठ प्रशिक्षक डा. भरत काप्लेले बङ्गुर पालनमा खोर व्यवस्थापन, स्वास्थ्य जाँच र आहारको महत्वबारे जानकारी गराउँदै आधुनिक प्रविधि अपनाउन कृषकहरूलाई प्रेरित गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा जिसस प्रमुख मेग बहादुर श्रेष्ठले पछिल्लो समय बङ्गुर पालन घट्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ।प्रमुख श्रेष्ठले कृषकहरूलाई सरकारी योजनाहरूको लाभ उठाउन र व्यावसायिक खेती तर्फ आकर्षित हुन सुझाव दिनु भएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार