२०८३ कार्तिक १२ गते बुधवार

एक गर्भवतीसंग  जम्का भेट



छोरा छोरीको र दैनिक घर ब्यबाहार चलाउनको लागि धन कमाउन केहिँ महिना पहिले प्रदेश हिदेको श्रीमान् घरमा एक छोरा पाचँ छोरी र पेटमा हुर्किदैँ गरेको सन्तान शिरिरले आराम मागि रहेको समय पिठ्यु भरी घासको भारी कहाँ सजिलो छ।७ सन्तान जन्मिनु भन्दा पहिले स्वास्थ चौकीँ न हिदेकी एक अधबैसे महिला जिवन के हो र मृत्यु के हो ? हिमाली जिल्ला रुकुमपूर्व अशिक्षा, गरिवी, स्वास्थ संस्था टाढा रहेका छन्।रुकुमपूर्वका हजारौँ गर्भवती महिला र बालक देखि बृद्ध उमेर समुहका नागरिक।तीन जिल्लाको सदरमुकाम संग सिमाना जोडिएको रुकुमपूर्वको हो।

सोही जिल्लाको भूमे गाउँपालिका वडा नं. ३ स्थित क्याङ्सीमा फेयरमेड फाउन्डेशन नेपालको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ सुधार परियोजना अन्तर्गतको गर्भवती घरभेट कार्यक्रममा सुनकुमारी रोका संग भेट हुन्छ।पाचँ छोरी एक छोरा र श्रीमान् र सुनकुमारी सहित आठ जनाको परिवार भएको सुनकुमारी गर्भवती थिईन।

सुनकुमारीले ६ सन्तानलाई स्वास्थ संस्था पु¥याएको उनको मुखबाट सुन्न पाईन्न।केहीँ उनी संग कुरा गर्न मन लाग्यो।उनीसंग भएको पिर ब्यथालाई फेयरमेड फाउन्डेशनमा कार्यरत उषा छिनालले उमेरले ४० वर्ष भन्दा बढी भएकी सुनकुमारी बिच कुराकानी गर्ने क्रममा उनलाई गर्भ अवस्था देखि बच्चा जन्माउँदा सम्मको जानकारी दिएको उषाले बताए।हरेक बार खाना चार मिलाए खानु पर्छ।गर्भजाचँ गर्न स्वास्थ चौकीँ जानु पर्छ।तर सुनकुमारी भने उषाको कुरा पट्यार नै गरेनन् किन भने उनले ६ सन्तानलाई घरमा नै जन्म दिएकी थिईन।
उनले भने यत्रो सबै बच्चा घरमै जन्मिए, किन अस्पताल जानु पर्यो नानी प्रश्न गर्नुभयो ? सुनकुमारीले लाज लाग्छ म जादैँन स्वास्थ चौकीँ ! आमा मेरो कुरा त सुन्नदिनु पहिले उषाले भनिन् आमा हामिले हुजरको स्वास्थ र बच्चा राम्रो जन्मियोस भनेर हो? उषालाई बच्चा र आमाको स्वास्थ बारे बुझाउन निकै हम्मे भयो।सुनकुमारीलाई सम्झाउन भने उषा पछी हेतेन्न।करिब दुई घन्टा लामो कुराकानी पश्चात् गर्भवती रोका मगर अप्ठ्यारो मान्दै अव म गर्भजाचँ गराउन स्वास्थ चौकीँ जाने बताउनुभयो।त्यहीँ उषाले अन्य काम छाडेर सुनकुमारीलाई घर मोराबाङ्ग स्वास्थ चौकीँमा गर्भजाचँ गराउन लगेको उषाले बताए।
उषाले खुसी हुदैँ भने उक्त घरभेट केही महिना पछि म एक दिन मोराबाङ्ग स्वास्थ चौकीँको महिला स्वयमसेविकाको बैठकमा गएको समयमा मेरी फेरी उनै सुनकुमारी दिदीसंग भेटभयो।उनी सुत्केरी गराउँनको लागि स्वास्थ आएकी रहेछन्।श्रीमान् घर भन्दा टाढा भएको कारण उनी संग उनका साना छोरीहरु मात्र आएका थिए।उनको राम्रो संग हेरचाह गर्नको लागि परिवारको कोही सदस्य नहुदाँ सुनकुमारीलाई त्यो समयमा कस्ले स्याहार गर्ने मनमा निकै खुल्दुली लाग्यो? मन निकै भकानियो।स्वास्थ चौकीँमा स्वास्थक्रमीहरु उहाँको अवस्था बारे निकै चिन्तित हुनुहुन्थो? कही बेर समय पछि एउता बन्द कोठा भित्र बच्चाको आवाज सुनियो।नयाँ सन्तानको आगमण भएको रहेछ।सुनकुमारीले छोराको जन्म दिएको बाहिर एक शिस्टरले खबर ल्याउनुभयो।
बच्चाको अवस्था सामान्य रहे पनि सुनकुमारीलाई अत्याधिक रक्तश्राप भएको कारण उनको अवस्था भने निकै जतिल थियो।स्वास्थक्रर्मीहरुको अथाह प्रर्यास पछि उनको स्वास्थमा सुधार हुदैँ गयो।
आज भोली उनै स्वास्थ संस्था जान नमान्ने सुनकुमारीले गाउँमा धेरै गर्भवतीहरुले घरमा नै पुगेर आफ्नो दुखको पिडा सुनाउँदै समाजमा आमा बच्चा हुने जोखिमबारे समाजमा सकरात्मक शन्देस फैलाउँदै हिड्ने गरेकी छन्।सुनकुमारी समाजमा देखिएकी एक पात्र मात्रै हुन भने अन्य यस्ता कैयौँ गर्भवती रहेका छन्।अहिलेको यो समयमा घरमा नै होम देलिभरी हुने अवस्था धेरै छ।यस्ता विषयहरुमा सरोकारवाला निकाएहरुले गाउँ – गाउँमा अभियान चलाउन जरुरी रहेको छ।
मोरावाङ्ग स्वास्थ चौकी , महत स्वास्थ चौकी र काडाँ स्वास्थ चौकी, काक्रीँ स्वास्थ चौकीमा सुत्केरी भान्सा घरको ब्यवस्था गरिएको छ।सुत्केरी महिलाहरुले लग्नुअघि नै स्वास्थ्य चौकीमा जँचाउन जाँदा समस्या देखिए वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थाका गर्भवतीहरु बस्नको लागि उक्त करुवा भान्सा घर गाउँपालिकाले निर्माण गर्दा विभिन्न संघ सस्थाहरुले सहयोग गर्दै आएको भूमे गाउँपालिका स्वास्थ शाखाका प्रमुख उपेन्द्र यादवले बतानु भएको छ।पछिल्लो समय अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्ने सरकारी निर्देशन रहेको छ।मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन र जटिल समस्या हुन नदिन समयमै स्वास्थ्य संस्थामा लैजान गर्भवती महिलाहररुको परिवारका सदस्यहरुलाई बेलैमा सचेत जानकारी गरिएको यादवले बताउनु भयो।

अहिले स्वास्थ्य चौकीमा नियमित स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने सुत्केरी भएमा र उनीहरुलाई स्याहार गर्न सुत्केरी भान्सा घरले सहज भएको मोराबाङ स्वास्थ्य चौकीका सि अनमी उषा पुन मगरले बताउनु भयो।स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार हुने भएकाले स्वास्थ्य संस्थाबाट टाढा भएका सेवाग्राहीलाई लक्षित गरी सुत्केरी भान्सा घर गाउँपालिकाले निर्माण गर्दा निकै सहज भएको अनमी पुन मगरले बताउनुभयो।
जिल्लाको सबै गाउँ बस्तीसम्म सडक यातायात नहुनु र भएका सडक पनि बिग्रे भत्केकाले समस्या झेल्नु परेको छ।भौगोलिक विकटता, सहज र पर्याप्त उपचारको सुविधा नहुँदा गर्भवती तथा सुत्केरी महिलाहरुले सास्ती बेहोर्नु परिरहेको छ।रुकुमपूर्वका दर्जनौ गाउँका बासिन्दाहरु गर्भवती र सुत्केरी हुने प्रक्रियालाई सामान्य रुपमा लिने र जटिल समस्या देखिएपछि मात्रै आत्तिने गरेको तथ्य धेरै रहेको छ।

देशमा संघीयता आगमन संगै रुकुमपूर्वको मुहार फेरीदै गर्दा जन जिवन उस्तै छ।जिल्लाको तीन गाउँपालिका मध्य भूमे गाउँपालिका आफ्नै गती लिदैँ गर्दा विकास निर्माणका पहिलो प्राथमिक्ता शिक्षा, स्वास्थ, सडक बाटो संगै भौतिक संरचनाहरु बन्दै छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार