व्यक्तिका भावना बिचारहरु दृश्य अदृस्य विचार र घटनाबाट प्रभावित भएको पाइन्छ।ति भावनाहरु बिषयगत र वस्तुगत हुन्छन जुन कुराले व्यक्तिको शारीरिक र भावनात्मक कुरामा प्रभाव परेको पाइन्छ, शारीरिक प्रभाव अथवा घाउ चोटपटक, दुखाई प्रत्यक्ष तरिकाले देख्न सकिन्छ।र त्यस वमोजिम उपचार, स्याहार, चिरफार, सिलाई, कटाई गर्न सकिन्छ।त्यसका साथै व्यक्तिको अदृस्य मन मस्तिस्क पनि भत्किने, च्यातिने दु:ख्नने गर्दछ।ति उधरेका भावना विचारलाई जोड्न, सिलाउन, बुन्न धेरै प्रकारका मनोसामाजिक सहयोग चाहिन्छ।जुन विना हातहतियार मन मस्तिस्कको उपचार गर्ने सकिन्छ।
हिजो हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्यालाई दिलको विमारी, मन जलेको भनेर भन्ने गर्थे र उपचार हुदैन भन्ने गरिन्थ्यो।र व्यक्तिका मौन भएर मौनतामा नै संघर्स गरिरहन्थ्यो आजपनि थुप्रै व्यक्ति हजारौको भिडमा आफुलाई एक्लै हिडीरहेका छन भने प्रत्येक दिन मन र हृदयलाई मृत्युले लखेटी रहेको देखिन्छ।त्यो मृत्यु मानसिक स्वास्थ्य समस्या भएको पाइन्छ।जब ब्यक्तिको जीवन एक नासले चलिरहन्छ र हरेक परिस्थितिले तरंग ल्याउछ तव व्यक्तिको जीवनमा उतारचढाव आउछ।त्यस्तो प्रकारको उतारचढाव लामो समय सम्म भएमा त्यसले मन मस्तिस्कमा हलचल पैदा गर्दछ।त्यो हलचल उतारचढाव विगतमा यादहरुले वर्तमान का सम्झना र भविष्यका कल्पना वा नकारात्मक घटनाले उत्पन्न गराएको पाइन्छ।यो सबै व्यक्तिको समाजिक भावनात्मक सिकाईबाट प्रभावित भएको पाइन्छ। व्यक्तिको मस्तिस्कका तानावाना मन भावनालाई विचलित पार्ने वा भावनामा ठेस पुर्याउने विगतका यादका घाउहरु कोट्याउने, नितोरने समाजमा घटित घटना परिघटनाले भएको पाइन्छ यस्तो खालको परिस्थितिमा वा मनमा मस्तिस्कमा मलम पट्टी लगाएर निको पार्ने कम विना हातहतियार मनको उपचार स्याहार मानसिक स्वास्थ्यको उपचार मनोपरामर्ष द्वार सम्भव छ।मनोसामाजिक सहयोग एक त्यस्तो विधि वा अवधारणा हो जसको उद्देश्य व्यक्तिको सुस्वास्थ्यलाई माथि उठाउनु हो।जसले सामाजिक परिवेश तथा वातावरण संगको सम्बन्धमा केन्द्रित रही कम गर्दछ।मनोसामाजिक सहयोगबाट मानिसले आफ्नो जीवनमा आइपर्ने बाधा, अड्चन,भावनात्मक तनावलाई सही तरिकाले सामना गर्दै तथा आफ्ना श्रोत तथा साधनलाई सही रुपमा परिचालन गरी मानसिक तथा सामाजिक रुपमा आफुलाई विकास गर्न सक्दछ।कुनै पनि व्यक्ति एउटा समाजमा हुर्केको, बसेको हुन्छ र त्यस समाज प्रति उसको मन (भावना, विचार र सोचाई) समान ढंगको हुन्छ।यी दुई (मन र समाज) विचको सम्बन्ध नै मनोसामाजिक सम्बन्ध हो।जब व्यक्तिको व्यवहार समाजले स्वीकार गर्दछ, तब त्यस व्यक्ति त्यस समाजमा राम्ररी समायोजन हुन् सफल हुन्छ, जसले गर्दा व्यक्ति मनोसामाजिक रुपमा स्वस्थ हुन्छ।
संसारमा हरेक व्यक्ति दुर्लव छ जस्तो म छु त्यस्तो संसारमा कोहि छैन अरु जस्तो म छैन हरेकको आआफ्नै महत्व हुन्छ।जस्तो हिराको कसैले मोल तोकेर महत्व बढेको होइन हिरा आफैमा मुल्यवान भएर हो।विश्व सुन्दरी महत्व सुन्दरतालाई लिएर जति हुन्छ एउटा भान्छामा काम गर्ने व्यक्तिको पनि त्यतिकै महत्व छ।व्यक्ति पिछे खिचिएका तस्विरहरु र तस्विरमा कैद गरिएका हाँसो मुस्कानको आफ्नै महत्व छ।हरेक व्यक्ति Unique अदितीय छ जीवन कसैको दर्शन,सिद्दान्त, Theory र Formula ले चल्दैन हरेक जीवन आफ्नो अस्तित्व हुन्छ।त्यो अस्तित्वमा उतारचढावले मनोसामाजिक अवस्थामा खलबली ल्याउदछ।त्यो खलबलीलाई सन्तुलन ल्याउन मनोपरामर्षको आवश्यक पर्छ।जुन मनोपरामर्ष कलात्मक ढंगले र सिर्जनात्मक र बिभिन्न विधि पद्दतिबाट सहयोग चेक जाँच गरिन्छ।मन बुझ्न मनका कुरा सुन्नु पर्ने हुन्छ|पिडामा रहका भावना बिचार को अपररेशन गर्न भावना वा व्यक्ति लाई स्वीकार गर्नु पर्छ अदृश्य रुपमा द्:खने पाक्ने घो हरु लाई वोली बिश्वास भरोसा को मलहम लगाउनु पर्छ।त्यस्तै निचोरिईको कुड़ीएको सुकेको मन मस्तिष्क लाई मनोपरामर्ष दवारा व्यक्ति सयमलाई श्रीगारन सजाउन म भीत्र को म लाई बुझ्न सहजिकरण गर्नुपर्न हुन्छ, यो सबै बिना विना हातहतियार गरिने उपचार हो|
कसरी गर्न सकिन्छ विना हातहतियार मानसिक स्वास्थ्यमा सहयोग:
- व्यक्तिको भावनालाई ध्यान पुर्बक सुनिदिने।
- प्राथमिक मानसिक स्वास्थ्य उपचार प्रदान गर्ने।
- सो हेरचाहमा ध्यान दिने।
- व्याम मा ध्यान, आराम, आहार व्यवहारमा ध्यान दिने ।
- व्यक्तिको अवस्थालाई बुझ्ने।
- आफ्नो कामलाई माया गर्ने र माया गरेर कम गर्ने
- आफ्नो सबल पक्ष को सुची तयार गर्ने
- सहयोग माग्ने सहयोग दिने
- सकारात्मक सो सम्वाद गर्ने
- छरछिमेकसंग सुमधुर सम्बन्ध निर्माण गर्ने
- भविस्यको योजना कोर्ने
- सामुहिक धार्मिक कार्यमा सहभागी हुने
- सिर्जनात्मक क्रियाकलापमा ध्यान दिने
- फुर्सद को समयमा सिर्जनसिल कार्यमा संलग्न हुने
- अन्तरसम्बन्ध निर्माणमा ध्यान दिने
- आफ्नो प्रसंसा आफै गर्न
















प्रतिक्रिया दिनुहोस्