रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ का कृषकहरूलाई एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्व शाखाको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै पशुका लागि औषधि तथा मौसम अनुसारको बीउ वितरण गरिएको छ।
साे गाउँपालिकाको वडा नम्बर ८ को कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकाे शाखा र पुथा उत्तरगंगा गाउँपालिका पशु सेवा शाखाको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। दुर्गम भेगमा यातायात असुविधाका कारण औषधि ढुवानीमा समस्या हुने भएकाले उक्त शिविर सञ्चालन गरिएको एकीकृत पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्ली राज पाेैडेलले जानकारी दिनुभयाे ।
उहाँको अनुसार शिविरमा विभिन्न पशुपन्छीमा देखिने रोगहरूको उपचार गरिएको बताउनुभयो । बाख्रा गाई भैंसी २ दुई हजार र कुखुरा करिब १ हजार गरी ३ हजार भन्दा बढी पशुलाई औषधि वितरण संगै उपचार गरिएको पाैडेलले बताउनुभयाे। साथै, १ सय ३० जना कृषकहरूलाई मौसमी तरकारीको बीउ पनि वितरण गरिएको हाे ।
कृषहरुलाई ग्रामिण कुखुरा पालन सम्बन्धी शाहिकुमारी कृषक समूह र भूमे कृषक समूहलाई एक दिने तालिम समेत सञ्चालन गरिएको हाे।














प्रतिक्रिया दिनुहोस्