रुकुमपूर्व / रुकुमपूर्वकाे सिस्ने शिक्षा क्याम्पसमा सम्पन्न मतदानमा कुल ३५१ मतदातामध्ये ५१ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्। जम्मा दुई सय मत खस्दा १सय ३८ जना महिला र ६२ पुरुषले मतदान गरेका छन्।
मतदान प्रक्रिया शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको निर्वाचन समितिले जनाएको छ।मतगणनाको प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिएकाे छ।
स्ववियु चुनाव परिणामले क्याम्पसमा आगामी नेतृत्व निर्माणको दिशा तय गर्ने भएकाले सबै पक्षको चासो यसतर्फ केन्द्रित छ।मतदान सकिए लग्त्तै सर्वदलीय बसेकाे छ। अब सर्वदलीय बैठक सकिए पश्चात् मतगणना सुरु गरिने र नतिजा सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
















प्रतिक्रिया दिनुहोस्