२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वमा बाहिरी सुपरिवेक्षक खटिँदा एसईई परीक्षार्थी त्रसित, विद्यार्थीलाई बढ्यो तनाव



रुकुमपूर्व । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाहिरी सुपरिवेक्षक खटाइएपछि रुकुमपूर्वका परीक्षार्थीहरू तनावमा परेका छन्। विद्यार्थीहरूले अनौठो निगरानी र अपरिचित सुपरिवेक्षक कारण थप दबाब महशुस गरिरहेका छन्।

एक गाेप्य  परीक्षार्थीकाे अुनसार हामीले शिक्षक नै  सुपरिवेक्षक हुने सोचेका थियौं। तर, बाहिरबाट आएका सुविवेक्षकले अनावश्यक कडाइ गरेकाे बताएका छन्। विद्यार्थीले प्रश्न सोध्नसमेत डर लागेकाे र पश्न साेधे पनि सुविवेक्षकले विद्यार्थीलाई स्पस्ट नपारेकाे गुनासाे गरेका छन्। बाहिरी सुविवेक्षकले गर्दा विद्यार्थीले जानेकाे कुरा समेत लेख्न गाह्रो भएकाे बताएका छन्।

शिक्षा समन्वय ईकाइ रुकुमपूर्वका प्रमुख तिलक गाैतमकाे अनुसार जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी खताईएकाे बताउनुभयाे।तर उता वर्ष भर विद्यार्थी उज्यालो ज्याेती बाल्ने शिक्षकहरु बाहिरी सुपरिवेक्षक खताउँदा शिक्षककाे अपमान भएको बताएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाहिरी सुपरिवेक्षक खताउने अभ्यास भने रुकुमपूर्वमा पहिलाे हाे।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार