२०८३ कार्तिक १२ गते बुधवार

मनमोहक प्रकृतिको बरदान



हिमाली भागमा प्रकृतिले आफैंलाई अनुपम काव्यात्मकतामा परिणत गरेको छ। यहाँको खुल्ला आकाशले मुस्कुराइरहेका जस्तो देखिने भूमिमा अग्ला धुपीका रुख डाडापाखाबाट लालीगुराँसका फुलका रमाइला झिलिमिली दृश्यहरू आफैंमा एक सजीव चित्र प्रस्तुत गर्दछन्।

पहाडहरूको काखमा चढेका रङगीन प्रकृतिले स्थानीय युवायुवती र गाउँ–बस्तीका बासिन्दाहरुलाई प्राकृतिक रमणीयता सँगै शारीरिक र मानसिक आनन्द प्रदान गरिरहेको छ।अगाला लेकहरूबाट झल्किएका रुकुमपूर्वका पुथा र सिस्ने हिमालका विशाल शिखरहरूले पर्यटककाे मन मुटु जित्न सफल भएको छ।

रुकुमपूर्व प्रकृतिक सौन्दर्य मात्रै होइन,यहाँको मौसमी परिवेशले पनि जीवनलाई विविधता र उत्साहका नयाँ आयामहरू प्रदान गरि रहेकाे छ। हिउँले ढाकेको पहाडमा चिसो र सौम्य बिहान, बसन्तमा फुलको बहार र शरद ऋतुमा सुनौलो प्रकाशको अद्भुत खेलले जनजीवनलाई निरन्तर प्रेरणा दिएको छ।

प्राकृतिक परिवेश मौसमी परिवर्तन र सांस्कृतिक धरोहरको गहिरो मेललाई प्रतिबिम्बित गर्दै, एउटा यस्तो जीवन–शैली प्रस्तुत गर्दछ जसले मानिसहरूलाई प्रकृतिको शरणमा भई आफ्नो मनका सबै पीडा र थकाइलाई विस्मृत गर्दै, नयाँ उमंग र आशाका साथ अघि बढ्न प्रेरणा प्रदान गर्छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार