२०८३ साउन १३ गते बुधवार

मृतक पूर्ण बिकका परिवारलाई एसियन लाइफ इन्स्योरेन्सद्वारा दाबी रकम भुक्तानी



रुकुम पूर्वकाे भूमे गाउँपालिका-८ का पूर्ण बिककाे परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दाबी रकम भुक्तानी गरेको छ । मृतक पूर्ण बिकको  मृत्यु भएपछि उहाँले इच्छाएको ब्यक्ति, छोरा अनिल बिकलाई शनिबार  घरमा पुगेर दाबी रकम प्रदान गरिएको हो ।

मृतक बिकले २०७८ सालमा बीमा गरेका थिए। उहाँले बीमा रकम दुई किस्ता मात्रै  जम्मा  गरेका थिए  ५८ हजार २ सय २४ रुपैयाँ बचत गर्नुभएको थियो ।  बिककाे आजीवन बीमा रहेको एसियन लाइफ इन्स्योरेन्स, जिल्ला शाखा रुकुम पश्चिमका प्रमुख योजन रोकाले जानकारी दिनुभयो ।

राेकाकाे अनुसार मृतकका परिवारलाई  ५ लाख ४८ हजार ७ सय ५ रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरिएको हाे। उक्त दाबी रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ की सदस्य अनिता बिक, एसियन लाइफ इन्स्योरेन्स रुकुम पश्चिम शाखा प्रमुख योजन रोका लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार