पेल्मा । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को पेल्मा र वडा नम्बर १२ को कोलमा रहेको नेपाल टेलिकमको दुई वटा टावरमा २६ गतेदसाझ परेको चट्याङले क्षति पुर्याउँदा त्यहाँका नागरिक सञ्चार सेवाबाट पूर्णरूपमा वञ्चित भएका छन् ।
लगातार वर्षासँगै परेको चट्याङले दुवै टावरका उपकरणमा क्षति पुर्याएको नेपाल टेलिक रूकुम पूर्वले जनाएको छ । टावर अवरुद्ध भएपछि मोबाइल नेटवर्क, इन्टरनेट र कल सुविधा पूर्ण रूपमा ठप्प भएको हाे ।
नेकपा माओवादी केन्द्र पार्टीका पुथा उत्तरगंगा गाउँपालिकाका इन्चार्ज जिताराम कामीका अनुसार, गत २६ गते चट्याङ पर्दा इन्टरनेट सेवा पूर्ण रुपमा अबरुद्ध भएपछि नागरिकहरुकाे दैनिकी सञ्चारकाे कामकाजमा समस्या देखिएको छ।
नेपाल टेलिकम रूकुम पूर्वका प्रमुख झुपलाल ओलीले टावर मर्मतका लागि प्राविधिक टोली टावरमा पुगिसकेको तर चट्याङले के के कुरामा क्षति गरेको हाे भन्ने पत्ता लगाउन गार्हो भएको तर एक दुई दिनमा टावर सुचारु हुने प्रमुख ओलीको बताएका छन ।
नेपाल् टेलिकमका प्रमुख ओलीका अनुसार विभिन्न समयमा प्राकृतिक प्रकोपका कारण रुकुम पूर्वका विभिन्न स्थानमा सञ्चार सेवा प्रभावित हुँदै आएको र नागरिकलाई दुख दिने गरेको बताएका छन ।














प्रतिक्रिया दिनुहोस्