२०८३ साउन १३ गते बुधवार

रुकुम पूर्वमा अखिल क्रान्तिकारीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न



वैशाख १ — अखिल क्रान्तिकारी रुकुम पूर्व जिल्ला समितिले नयाँ वर्ष २०८२ को अवसरमा छिप्रीदह स्थित होटल लेक सिटीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक कुमारी बरालले विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै पार्टीभन्दा अघि रहेर संगठनले अग्रसर भूमिका निर्वाह गरिरहेको बताउनुभयो। माओवादी पार्टीले ल्याएकाे परिवर्तनमा भुमाफियाहरुले रिस गरेकाे बताउनुभयो । अब रुकुमपूर्वबाट नयाँ योजना र उर्जा लिएर अघि बढ्न संयाेजक बरालले बताउनुभयाे।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले विद्यार्थी संगठनले पार्टीका सबै कार्यक्रममा अग्रसर भूमिका खेलेको बताउँनुभयाे।

अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले विद्यार्थी आन्दोलनलाई अझ सशक्त र परिणाममुखी बनाउन सबैलाई संगठित रूपमा लाग्ने बताउनुभयाे। “अखिल क्रान्तिकारी केवल संगठनको नाम होइन, यो उत्पीडित वर्गका आवाज उठाउने अग्रपंक्तिको नेतृत्वकर्ता हो। हामी केवल चियापानका कार्यक्रममै सीमित छैनौं — अबको बाटो जनप्रदर्शन, जनचेतना र संगठन विस्तारतर्फ उन्मुख छ। नयाँ वर्षको सुरुवातसँगै हामी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने छौं।”अध्यक्ष रसाइलीले भन्नुभयाे।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यीयहरु तिर्था पुन, जीवन खड्का माओवादी पार्टीकै नेता सुधन रेग्मी, दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष हर्क वीर कामी, बासुदेव गौतम, पार्टीका सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढा, वडा नं. ६ का इञ्चार्ज ज्ञानु चन्द, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष बसन्त बाठाँलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव अम्मर खत्रीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार