लुम्बिनी प्रदेशको हिमाली तथा दुर्गम जिल्ला रुकुम पूर्वमा पछिल्लो एक वर्षमा १ हजार २ सय ३६ जनाले राहदानी (पासपोर्ट) बनाएका छन् । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको राहदानी शाखाका अनुसार गत वर्षको वैशाख देखि चैत्र महिनासम्म ८ सय ६५ पुरुष र ३ सय ७१ महिलाले राहदानी बनाएका हुन् ।
स्थानीय तहमा पर्याप्त रोजगारीको अवसर नहुनु, आर्थिक संकट, पारिवारिक दबाब, तथा सामाजिक अस्थिरताका कारण युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जाने बाध्य भएका छन् । कार्यालयका अनुसार वैशाख महिनामा १ सय ६ जनाले राहदानी लिएका थिए भने जेठमा ९६, असारमा १ सय १० जना श्रावणमा १ सय १८, भदौमा ५७ जना र असोजमा ८९ जनाले राहदानी बनाएका छन् । असारदेखि असोजसम्मको अवधिमा मात्र ३ सय ७४ जनाले राहदानी लिएका छन् ।
त्यसपछि कार्तिक देखि चैत्र महिनासम्म पाँच महिनाको अवधिमा ६ सय ६२ जनाले राहदानी बनाएका छन् । कार्तिकमा १ सय ६१, मंसिरमा ९६, पौषमा १ सय ३७, माघमा ९७, फाल्गुनमा ८१ र चैत्रमा ९० जनाले राहदानी लिएका हुन् ।














प्रतिक्रिया दिनुहोस्