२०८३ बैशाख ३ गते बिहिवार

जवान सम्मेलनको सातौं अर्धवार्षिक संस्करण रूकुमकोटमा सुरु



रूकुम पूर्वको रूकुमकोटमा आज बुधबारदेखि दुई दिने सातौं अर्धवार्षिक जवान सम्मेलन सुरु भएको छ । रूकुमेली इसाई जवान संगति, रूकुम पूर्वद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको हाे ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रूकुमेली जवान संगति रूकुम पूर्वका अध्यक्ष सुवर्ण सुनारले युवाहरुलाई क्षणिक आनन्दभन्दा दीर्घकालीन लक्ष्यमा केन्द्रित भएर अघि बढ्न सुझाव दिनुभएको छ । उहाले भन्नुभयो “क्षणिक आनन्दले हामीलाई लक्ष्यमा पुर्याउदैन, हामीले इमानदारीपूर्वक काम गर्न आवश्यक छ।”

उनले उदाहरण दिँदै भन्नुभयो “सानो काम गरेर कोही सानो हुदैन, भाँडा माझ्दैमा छोरी भइँदैन । हामी ख्रिष्टियनहरू इमान्दारी, सहयोगी, खुला दिल र सहनशील हुनुपर्छ।”

सुनारले सम्मेलनको दुई दिने बसाइलाई भरपुर उपयोग गर्न आग्रह गर्दै सहभागीहरूलाई ध्यान दिएर सुन्न र त्यसलाई व्यवहारमा उतार्न प्रेरणा दिनुभएको छ ।

दुई दिने अर्धवार्षिक जवान सम्मेलनमा विषेश गरि जवानहरूलाई प्रमुख वक्ता मणिचन्द्र राई र अन्य वक्ताहरुले “पर्मेश्वर सँगकाे सम्बन्ध” शिर्षकमा रहेर सिकाउने जिल्ला जवान संगतिका सचिव हिमाल पुन मगरले जानकारी दिनुभएको छ ।

जिल्ला जवान संगतिका सदस्य निराजन सिर्पालीकाे स्वागत मन्तव्य रहेको सम्मेलनकाे उद्घाटन पराजिम ए.जी. एफ. एन मण्डली भक्तपुरका पास्टर प्रमुख वक्ता तथा प्रमुख अतिथि मणिचन्द्र राईले गर्नुभएको थियो । त्यस्तै उद्घाटनसत्रमा सिनियर रेभरेन पाष्टर तिलक बहादुर छन्त्यालकाे विषेश आतिथ्यता रहेको थियो । साथै सम्मेलनमा विभिन्न मण्डललीका पास्टरहरुकाे पनि आतिथ्यता रहेको सम्मेलनकाे उद्घाटनसत्रको सञ्चालन जिल्ला जवान संगतिका कोषाध्यक्ष संगिता बिकले गर्नुभएको थियो ।

सम्मेलनका क्रममा आस्था, नेतृत्व विकास, सेवा भावना र सामाजिक उत्तरदायित्वका विषयमा पनि प्रशिक्षण तथा छलफल हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा जिल्लाका विभिन्न मण्डलीबाट ख्रीष्टियन युवा युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार