२०८३ साउन १६ गते शनिवार

२१ कम्पनी कालोसूचीमा



समाचार सारांश
Generated Using AI
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २१ कम्पनीलाई कालोसूचीमा राखेको छ।
  • तीमध्ये ३ कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ।
  • खरिद प्रक्रियामा असन्तोषजनक काम गरेको कारण ती कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

काम सन्तोषजनक नभएकाहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार