२०८३ साउन १४ गते बिहिवार

आघात भन्नाले के जनाउँछ?



आघात भन्नाले कुनै पनि प्रकारको दुःखदायी घटना वा अनुभवलाई जनाउँछ, जसले व्यक्तिको मानसिक सन्तुलन, सोच्ने र व्यवहार गर्ने क्षमतालाई असर पार्न सक्छ। यस्तो अनुभवले भावनात्मक, शारीरिक तथा मानसिक क्षति पुर्‍याउन सक्छ।

धेरै मानिसहरूले जीवनमा एकपटक वा बढी पटक कुनै न कुनै किसिमको आघातजन्य घटना (जस्तै—प्रिय व्यक्तिको अचानक मृत्यु, सवारी दुर्घटना आदि) अनुभव गर्ने गर्छन्।

तर, यस्तो आघातजन्य घटनापछि सबै व्यक्तिमा पोस्ट-ट्रौमाटिक स्ट्रेस डिसअर्डर (PTSD) विकसित हुन्छ भन्ने छैन।यद्यपि, PTSD नदेखिए पनि आघातपछि केही समयसम्म PTSD जस्तै लक्षणहरू देखिन सक्छन्, जुन धेरै हदसम्म स्वाभाविक प्रतिक्रिया हुन्।

कुनै पनि त्यस्तो त्रासदीपूर्ण अनुभव जसले व्यक्तिमा गहिरो डर, असहायपन, मानसिक विछिप्तता भ्रम वा अन्य अव्यवस्थित भावनाहरू उत्पन्न गराउँछ र जुन यति तीव्र हुन्छ कि त्यसले दीर्घकालीन रूपमा व्यक्तिको दृष्टिकोण, व्यवहार र कार्यसम्पादनका अन्य पक्षहरूमा नकारात्मक असर पार्छ।

आघातजन्य घटनाहरू (traumatic events) मा मानिसले गरेका कार्यहरू (जस्तै: बलात्कार, औद्योगिक दुर्घटना) साथै प्राकृतिक घटनाहरू (जस्तै: भूकम्प) समावेश हुन्छन्।

यस्ता घटनाहरूले व्यक्तिको संसारप्रतिको धारणा—न्यायपूर्ण, सुरक्षित र पूर्वानुमान योग्य—लाई चुनौती दिन सक्छन्।त्यस्तै, कुनै गम्भीर शारीरिक चोटपटक (जस्तै: पूरै शरीरमा जलन हुने घाउ वा टाउकोमा लागेको गहिरो चोट) पनि आघातको रूपमा गनिन्छ।

भावनात्मक आघात (Emotional Shock) भनेको के हो?

भावनात्मक आघात भन्नाले कुनै अकस्मात् घटेको घटना वा आघातजन्य परिस्थितिले उत्पन्न हुने भावनात्मक प्रतिक्रिया हो, जसले तपाईंलाई मानसिक रूपमा अशान्त बनाउँछ र तपाईंको सामान्य रूपमा कार्य गर्न सक्ने क्षमतालाई कमजोर बनाउँछ।

आघातजन्य अनुभवसँग सम्बन्धित सामान्य लक्षणहरू:

  • आघातपूर्ण अनुभवको झल्को आउने
  • घटनाको लगातार सम्झना हुने वा पुनः अनुभव गरिरहनु
  • डर लाग्दो सपना आउने (Nightmares) बढ्नु
  • निद्रा नलाग्ने समस्या
  • आफैलाई सुन्न (numb) महसुस गर्नु र उदासीपन (Depression) अनुभव गर्नु
  • आघात सम्झाउने वस्तु वा व्यक्तिले सजिलै प्रतिक्रिया गराउने (Triggered) अवस्था
  • रिस र झर्कोपन (Irritability) बढ्नु
  • सजिलै डराउनु वा झस्किनु.
  • साथीसंगी वा पहिले रमाइलो लाग्ने गतिविधिबाट टाढा हुनु
  • पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुनु, गृहकार्य पुरा गर्न नसक्ने
  • आघातजन्य घटनाको बारेमा कुरा गर्न नचाहने
  • आघातसँग सम्बन्धित कुनै पनि व्यक्ति वा स्थानबाट टाढा रहन चाहनेभावनात्मक आघात विभिन्न प्रकारका आकस्मिक, दुखद, वा तनावपूर्ण घटनाबाट उत्पन्न हुन सक्छ। त्यस्ता घटनाहरूमा निम्न समावेश छन्:
  • आफन्त, अभिभावक वा साथीले छाड्नु
  • मानसिक, शारीरिक वा यौनजन्य दुर्व्यवहार
  • दुर्घटना (Accident)
  • झगडा वा बहस .सम्बन्ध विच्छेद
  •  अपराधको सिकार हुनु
  • कसैको मृत्यु
  • डिभोर्स वा वैवाहिक टुटफुट
  • घरेलु हिंसा (Domestic abuse) आर्थिक संकट
  • गम्भीर स्वास्थ्य समस्या पत्ता लाग्नु
  • विश्वासघात वा धोका
  • चोटपटक (Injury) प्राकृतिक प्रकोप

भावनात्मक आघातपछि सामना गर्ने (Coping) केही उपयोगी उपायहरू

भावनात्मक आघातपछि आफूलाई सम्हाल्न र स्थिति सहज बनाउन निम्न उपायहरू उपयोगी हुन सक्छन्:सकारात्मक र सहयोगी व्यक्तिहरूको साथमा बस्नुहोस्।

  • आफूलाई सुरक्षित महसुस हुने ठाउँमा जानुहोस्।
  • खाना खाएर र पानी पिएर शरीरको ख्याल राख्नुहोस्।
  • पाल्तु जनावर वा मन पर्ने चिजहरूसँग सान्त्वना लिनुहोस्।
  • ध्यान केन्द्रित गर्ने खेलहरू खेल्नुहोस्।
  • हालको अवस्था स्वीकार गर्नुहोस् – तपाईं अहिले सामान्य रूपमा काम गर्न सक्नुहुन्न, र त्यो ठीकै हो।

अझै अत्यधिक तनावमा हुँदा घटना वा भावनाहरूको बारेमा कुरा गर्न नखोज्नुहोस्।आफूमाथि अनावश्यक दबाब नदिनुहोस्।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार